०५ असार २०८३, शुक्रबार

के रहेछ राज कुन्द्राको प्लान बी ?

साउन ६, २०७८
के रहेछ राज कुन्द्राको प्लान बी ?

अश्लील सामग्री अर्थात् पोर्नोग्राफीको केसमा फसेका भारतीय व्यापारी राज कुन्द्राको ह्वाट्सयाप च्याटबाट नयाँ नयाँ खुलासा भइरहेका छन् । 

आफू प्रहरीको राडारमा पर्ने उनले पहिले नै थाहा पाइसकेको च्याटबाट थाहा हुन्छ । त्यसका लागि उनले प्लान बी पनि बनाएका रहेछन् । 

सोमवार राति पक्राउ परेका कुन्द्रालाई मंगलवार किला कोर्टले उनको सहयोगी रायन थोर्पका साथ जुलाई २३ सम्मका लागि प्रहरी रिमान्डमा पठाएको छ । 

प्रहरीले कुन्द्राका विरुद्ध प्रमाण जुटाइरहेको छ । ह्वाट्सयाप च्याट कुन्द्राका लागि सबभन्दा ठूलो समस्या बनेको छ । 

कुन्द्राविरुद्ध पोर्न फिल्म बनाएको र संसारभरि बेचेको आरोप छ । हटशट याप सस्पेन्ड भएपछि राज कुन्द्राले प्रदीप बख्शीसँग मिलेर ह्वाट्सयापमा प्लान बीको उल्लेख गरेका छन् । 

कुन्द्राको प्लान बीको नाम बोलिफेम हो । 

उमेश कामत र कुन्द्राबीचको च्याटमा कुन्द्राले पीएलाई समाचार पठाएको देखिन्छ । त्यसमा पोर्न भिडियो प्रसारण गर्ने सातवटा ओटीटी प्ल्याटफर्महरूका मालिकलाई प्रहरीले समन पठाउन सक्छ भनी लेखिएको छ । 

त्यसमा पोर्न सामग्री राख्न नपाउने अवस्थामा आफूहरूले बोलिफेम तयार गरेर राम्रो काम गरेको कुन्द्रा बताउँछन् । बोलफेम भनेको फिल्म देखाउने याप हो । 

कुन्द्राले भविष्य लाइभ कन्टेन्टमा छ किनकि त्यसको स्क्रीन रेकर्डिङ हुँदैन भने । त्यसैले खासै फरक नपर्ने कुन्द्राले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्