३१ जेठ २०८३, आइतबार

उड्ने कारपछि अब उड्ने बाइक पनि बनाइयो

साउन ६, २०७८
उड्ने कारपछि अब उड्ने बाइक पनि बनाइयो

केही दिनअघि मात्र स्लोभाकियामा उड्ने कारको सफल परीक्षण गरिएकोमा अहिले उड्ने बाइकको पनि परीक्षण गरिएको छ । 

उड्ने मोटरसाइकलको नाम पी वान हो र यसलाई स्पीडर नामले पनि चिनिएको छ । 

यसले भर्टिकल उडान र अवतरण गर्न सक्छ । आकाशमा १५ हजार फीटमाथिसम्म यो उड्ने बाइक जान सक्ने बताइएको छ । उड्ने कार चाहिँ ८२ सय फीटको उचाइसम्म जान सक्छ । 

यसलाई बनाउने जेटप्याक एभिएसनका अनुसार, यसका दुई प्रकार सार्वजनिक गरिनेछ । एउटा किसिमलाई सामान्य आवागमनका लागि उपयोग गरिनेछ भने अर्कोथरीलाई सेना वा उद्धारकार्यका लागि प्रयोग गरिनेछ । 

बाइक आफैं स्थिर रहने भएकाले यसलाई उडाउन पाइलटको सामान्य तालिम लिए पुग्ने निर्माण कम्पनीको भनाइ छ । 

यस बाइकको टप स्पीड २४१ किलोमिटर प्रतिघन्टा बताइएको छ । यो १० देखि २० मिनेटसम्म आकाशमा उड्न सक्छ । सैन्य फ्लाइङ बाइक चाहिँ आधा घन्टासम्म आकाशमा रहन सक्छ । 

बाइक अहिले त जेट इन्धन, डीजेल र मट्टीतेलबाट चल्छ तर यसले वातावरण एकदमै कम क्षति पुर्‍याउने गरी प्रविधिमा काम गरिरहेको कम्पनीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्