२७ असार २०८३, शनिबार

‘टाइगर ३’ को तयारीमा सलमान खान, यस्तो बनाए शरीर

साउन ६, २०७८
‘टाइगर ३’ को तयारीमा सलमान खान, यस्तो बनाए शरीर

बलिउड अभिनेता सलमान खान अहिले ‘टाइगर ३’ को तयारीमा जुटेका छन् । यसका लागि सलमानले आफ्नो शरीरलाई तयार गरिरहेका छन् । 

हालै उनले जिममा वर्कआउट गरेको भिडियो शेयर गरेका छन् । यसमा तपाईं सलमानको शरीर देखेर दंग पर्नु हुनेछ । 

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘यो मान्छे टाइगर ३ का लागि तालिम गरिरहेको छ ।’ 

सलमान मात्रै होइन, यस चलचित्रका लागि इमरान हाशमीले पनि तयारी गरेका छन् । इमरानको एउटा तस्वीर भाइरल भएको थियो । उनले तस्वीर शेयर गर्दै लेखेका थिए, ‘यो त केवल शुरुआत हो ।’

 

यो चलचित्र ‘टाइगर जिन्दा है’ को सिक्वेल हुनेछ । कवीर खानको यो चलचित्रमा सलमान फेरि एक पटक एजेन्ट अविनाश सिंह राठौरको भूमिकामा देखिने छन् । कैटरिना कैफ पुनः एकपटक जोयाको भूमिका देखिने बताइएको छ ।

 

 

salt training

कमेन्ट गर्नुहोस्