०६ असार २०८३, शनिबार

गगन थापाले भने- झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्नु गैरकानूनी हुन्छ

गगन थापाले भने- झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्नु गैरकानूनी हुन्छ

नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नहुने बताएका छन् । 

सामाजिक सञ्जालमा थापाले प्रधानमन्त्रीलाई लेखेका छन्, ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानूनी हो र अघिल्लो सरकारले कानूनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ ।’

विदेशमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाएर नेता खनालका बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर खनाल र उनको परिवारलाई दुःखी नबनाउन पनि थापाले आग्रह गरेका छन् । 

‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था छ र उक्त कानून २०७५/६/२ गतेदेखि लागू भइसकेको छ,’ उनले लेखेका छन्, ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’

नेता खनालको उपचारका लागि परिवार, स्वजन, पार्टी पंक्ति लागिरहेको भन्दै थापाले उपचार खर्च जुटाउनु पर्ने अवस्था आएमा त्यसका लागि देशविदेशमा रहेका सबै नेपाली तयार रहेको पनि बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्