०५ असार २०८३, शुक्रबार

राज कुन्द्राको बैंक खाता विवरण सार्वजनिक, उत्तेजक फिल्म बनाएर कमाए करोडौं

साउन ६, २०७८
राज कुन्द्राको बैंक खाता विवरण सार्वजनिक, उत्तेजक फिल्म बनाएर कमाए करोडौं

बलिउड अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्रालाई शुक्रवारसम्मका लागि प्रहरी हिरासत पठाइएको छ । 

उनलाई पोर्न फिल्म बनाएको र यापमार्फत त्यसको प्रसारण गरेको आरोपमा सोमवार राति पक्राउ गरिएको हो । 

कुन्द्रासहित कम्तीमा ११ जनालाई अश्लील फिल्म उत्पादनको मुद्दामा पक्राउ गरिएको हो । उनको पक्राउसँगै बलिउडको कालो संसार उजागर भएको छ । 

जी न्युजले कुन्द्राको बैंक खाताको एक्सक्लुसिभ विवरण प्राप्त गरेको छ । उनले हटशट्स यापमार्फत दिनकै लाखौं रुपैयाँ गरी करोडौं कमाएको बैंक खातामार्फत पत्ता लागेको छ । 

उनको कम्पनीले यही यापमार्फत बैंकमा करोडौं रुपैयाँ सारेको पाइएको छ । 

कुन्द्रालाई भारतीय दण्ड संहिताका दफा ४२०, ३४, २९२ र २९३ अनि सूचना प्रविधि ऐन तथा महिलाको अभद्र प्रस्तुति (प्रतिबन्ध) ऐनअन्तर्गत पक्राउ गरेर हिरासतमा लिइएको हो । 

कुन्द्राको भियान इन्डस्ट्रीजले लन्डनमा रहेको केनरिन नामक कम्पनीसँग सम्बन्ध गाँसेको थियो । केनरिनले नै हटशट्स याप बनाएको हो र त्यसमा पोर्न फिल्महरू राख्ने गरिएको थियो । 

‘केनरिन लन्डनमा दर्ता गरिएको कम्पनी भए पनि त्यसको सामग्री उत्पादन, याप सञ्चालन र लेखापढीको काम कुन्द्राको भियान इन्डस्ट्रीजले गरेको देखिन्छ,’ जोइन्ट कमिस्नर अफ पुलिस मिलिन्द भाराम्बेले बताए । 

केनरिनको स्वामित्व कुन्द्राका बहिनी ज्वाइँसँग छ ।

प्रहरीले यी दुई कम्पनीको सम्बन्ध देखाउने प्रमाणहरू फेला पारेको छ । उनीहरूको ह्वाट्याप ग्रूप, इमेल आदानप्रदान, अकाउन्ट डिटेल र केही पोर्न फिल्म समेत कुन्द्राको मुम्बईस्थित कार्यालयमा प्रहरीले फेला पारेको हो । 

भाराम्बेले बताए, ‘यस मुद्दामा फौजदारी प्रमाण संकलन गर्ने क्रममा हामीले राज कुन्द्रा र उनका आईटी प्रमुख रायन थोर्पलाई पक्राउ गरेका हौं । केसमा अनुसन्धान जारी छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्