प्राणायामलाई शरीरमा अक्सिजनको मात्रा बढाउने सबभन्दा उपयोगी अभ्यास मानिन्छ । तर, केही यस्ता पनि उपायहरू छन्, जसले अक्सिजनको मात्रा बढाउन भूमिका खेल्छन् ।
बुटेको नोज ब्रिदिङ
- शान्त, आरामदायक ठाउँमा सीधा बस्नुहोस् र श्वासमा ध्यान दिनुहोस् ।
- मुख बन्द राख्नुहोस्, फोक्सो भर्नका लागि विस्तारै नाकबाट श्वास लिनुस् ।
- विस्तारै श्वास छोड्नुहोस्, त्यतिबेलासम्म छोड्नुहोस् जबसम्म तपाई श्वास लिन आवश्यक ठान्नुहुन्न ।
- दुईदेखि पाँच पटकसम्म यसलाई दोहोर्याउनुहोस् ।
पर्स्ड–लिप
- सीधा बस्नुहोस् ।
- सास विस्तारै लिनुहोस् र केहीबेर रोक्नुहोस् ।
- अब मुखबाट सास छोड्नुहोस् ।
- यस्तो १०–१५ पटक दोहोर्याउनुहोस् ।
रिब स्ट्रेच
- आफ्नो हातलाई कम्मरमा राखेर सीधा उभिनुहोस् ।
- विस्तारै सास भित्र लैजानुहोस्, जबसम्म तपाईंको फोक्सो भरिँदैन ।
- अब आफ्नो सास भित्र २० सेकेन्डसम्म रोक्नुहोस् ।
- विस्तारै सास छोड्नुहोस् ।
हमिङ
पेटको मांसपेशीका लागि काम गर्नेवाला गतिविधि फोक्सोका लागि पनि काम गर्छ । गुनगुनाउँदा पनि फोक्सोको क्षमता बढाउन सक्छ ।
यसले शरीरभित्रको विकार हावा फोक्सोबाट बाहिर निकालिदिन्छ, ताकि ताजा हावा भित्र प्रवेश गर्न सकोस् । साथै गीत गुनगुनाउँदा तनाव पनि कम हुन्छ र रोगीहरूको स्वास्थ्य सुधारमा पनि मद्दत गर्छ ।