अस्ट्रेलियाको ब्रिसबेन शहरमा सन् २०३२ को ग्रीष्मकालीन ओलम्पिक आयोजना गरिने भएको छ ।
टोक्योमा बुधवार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधिहरूको बैठकले यस निर्णयलाई पुष्टि गरेको हो ।
घोषणापछि सीबीडी रिभरसाइडमा पटका पड्काएर खसशियाली मनाइएको थियो ।
ब्रिसबेन रहेको राज्य क्वीन्सल्यान्डकी मुख्यमन्त्री आन्नास्तासिया पालासचुक, ब्रिसबेनका लर्ड मेयर एड्रियन स्क्रिन्नर संघीय खेलकुदमन्त्री रिचर्ड कोलबेकले घोषणाको ताली बजाएर स्वागत गरेका थिए ।
त्यसपछि उनीहरूले अस्ट्रेलियाको ओलम्पिक कमिटीका अध्यक्ष जोन कोट्ससँग मिलेर ओलम्पिक सम्झौतामा औपचारिक हस्ताक्षर गरेका थिए ।