
नेपालमा थप दुई हजार तीन कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६१६ जना नमूना परीक्षण गरिएको थियो ।
मन्त्रालयले थप ३० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ६३७ पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ४१५ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म ६ लाख ३६ हजार ४०२ जना संक्रमणमुक्त भएका छन् ।