×

NMB BANK
NIC ASIA

अहिलेका समकालीन नेताहरू यसकारण बीपीजस्तो बन्न सकेनन्– डा. चन्द्र भण्डारी

साउन ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हामीले नेपालको राजनीतिक इतिहासमा अत्यन्तै नभुल्ने व्यक्ति हुनुहुन्छ- बीपी, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराई ।

Muktinath Bank

बीपी कोइराला त्यो हाइटको नेता बन्नुमा जति गणेशमान, सुवर्ण किसुनजीको भूमिका थियो । कोइराला परिवारको पनि उत्तिकै योगदान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँको बुवाको आदर्श पनि छ । नेपाली जनताको पनि उत्तिकै योगदान छ । यो कुरामा इतिहास लेख्नेको कन्जुस्याइँ छ ।


Advertisment
Nabil box
Kumari

बीपी प्रधानमन्त्री भएको बेलामा उहाँले जसरी नेपाली जनताको झुपडी र हलो जोतेको किसानको तस्वीरलाई हेरेर नेपालको योजना बनाऊ भन्नुभयो, यो कुरा सिंगो दर्शन हो ।

Vianet communication
Laxmi Bank

शास्त्रले मानिसलाई इमान्दार बनाउँछ, शस्त्रले मानिसलाई हिंसामा ल्याउँछ । पछिका नेताहरू शस्त्रमा लागे, मानिसको विनाश गरायो । 

कति मान्छेहरू मोहमा लागे, रसपानमा लागे उनीहरूको इज्जत रहन सकेन । कति परिवार आफ्नो गुट र परिवारमा लागे उनलाई सम्झिन सकेनन् ।

तसर्थ बीपी शास्त्रमा लाग्नुभयो जसले गर्दा सबैले सम्झिए, इमान्दारीमा लाग्नुभयो ।

उहाँले सफलता र असफलतालाई पदसँग जोड्न चाहनुभएन । देश र प्रजातन्त्रका लागि कसैसँग झुक्न चाहनु भएन । अन्तिममा असल मानिस भएर बाँच्न चाहन्छु, भन्नुभयो ।  

उहाँसित आर्थिक विकासको खाका थियो । सरलताको खाका थियो । विश्वका नेताहरूसामु तर्क राखेर जित्ने क्षमता थियो । उहाँसित अत्यन्त असल मित्र हुनुहुन्थ्यो– गणेशमान, सुवर्ण र किसुनजी ।

अहिलेका नेतासँग क्षणिक सम्झना हो । त्यसैले नेपालीहरू अहिले पनि बीपीलाई मन मष्तिकबाट सम्झिने गर्छन् । अहिलेको विश्व परिवेशमा विकास भएको राजनीतिक परिभाषाभित्र उहाँहरू पर्नु हुन्न ।

अहिलेका नेतालाई सुविधा छ, तर राजनीतिको मूल्य र मान्यता छैन । देश र समाजलाई हेर्ने दृष्टिकोण छैन । बदलिएको समयअनुसार दिमागमा रुपान्तरण भएको छैन । समाजलाई रुपान्तरण गर्ने क्षमता भएको व्यक्ति अहिले नेतृत्वमा छैनन् । 


उहाँहरू वरिपरि गरीबका झुपडी राखेर आफू अग्लो महल बनाएर महान देखिन खोज्नुहुन्छ । देशको सिमानामा सुरक्षा छैन र उहाँहरू सुरक्षा बढाउन चाहनुहुन्छ । 

जनताको पहुँचमा, गाउँपलिकामा एम्बुलेन्स छैन, उहाँहरू सबैभन्दा महंगो गाडी चढेर हिँड्नुहुन्छ । चाहे कर्मचारी या संवैधानिक निकायका प्रमुख किन नहुन्, सबैलाई सुविधा चाहिएको छ । देश बनाउने भावना छैन ।

भावना विनाको मान्छे स्वार्थी हुन्छ, मूर्ख हुन्छ । भावना विनाको मान्छेको आकृति मात्र हुन्छ, सुविधाले के गर्नु ? 

(लोकान्तरसँगको कुराकानीमा आधारित)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x