×

NIC ASIA

सन्दर्भ : बीपी स्मृति दिवस

नेपालमा फेरि कोही किन 'बीपी बन्न' सकेन ?

साउन ६, २०७८

Prabhu Bank
NTC
तस्वीर : बीपी कोइराला ट्रस्ट
Premier Steels

असार ३० गते केपी शर्मा ओली बालुवाटार छाडेर बालकोट फर्किँदै गर्दा युवा संघका कार्यकर्ताले स्कर्टिङ गरे । 

Muktinath Bank

ओलीका अग्ला तस्वीर राखिएका महंगा गाडी र मोटरसाइकलको र्‍यालीले बालुवाटार–त्रिपुरेश्वर–बानेश्वर–बालकोट सडकमा केहीबेर ट्राफिक जाम भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उल्लेख्य मात्रामा एमालेका युवा कार्यकर्ता ओलीको निवाससम्मै पुगे । आफूलाई घरसम्मै स्कर्टिङ गरेका कार्यकर्तालाई ओलीले निजी निवासको बादर्लीबाट सम्बोधन गरे । 


Advertisment
Nabil box
Kumari

ओली बालकोट फर्केको दिनमा सामाजिक सञ्जालमा अर्को एउटा तस्वीर (स्केच) उत्तिकै चर्चित थियो । 

Vianet communication

दुई दशक पहिले कृष्णप्रसाद भट्टराई बालुवाटारबाट एउटा हातमा बाकस, अर्कोमा पानी खाने भाँडो (सुराही) र छाता भिरेर पैदलै हिँडेका थिए ।

‘ती केपी र यी केपी’ भनेर स्व. कृष्णप्रसाद भट्टराई र खड्गप्रसाद ओलीको तुलना सामाजिक सञ्जालमा गरियो । 

भट्टराईले प्रधानमन्त्रीको रूपमा के कति काम गरे, यो बेग्लै कुरा हो । तर उनको सादगीपनको आजपर्यन्त प्रशंसा गर्ने गरिएको छ ।

राष्ट्रपति विद्या भण्डारीले भृकुटीमण्डपमा पानीको धारा खोल्दा पनि मानिसहरूले कृष्णप्रसाद भट्टराईलाई बिर्सेनन् ।

छोटो समय सरकारको नेतृत्व गरेपछि प्रधानमन्त्रीको रूपमा चढ्दै आएको गाडीलाई बिर्ता सम्झेर लिएर हिँड्ने प्रवृत्ति मौलाएको समयमा भट्टराई अपवाद थिए । 

त्यसैले त नेताहरू मरेर गएपनि सचेत नेपालीहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीलाई बिर्सन सक्दैनन् । अझै बढी सम्झिने नाम हो, बीपी कोइराला । 

नेपाली राजनीतिमा बीपी कोइरालाको नाम सदाबहार छ, जसरी संगीत क्षेत्रमा नारायण गोपाललाई लिने गरिन्छ ।

६ दशकअघि छोटो समय प्रधानमन्त्री बनेका बीपी आज पनि नेपाली मन मस्तिष्कमा ताजै छन् ।

एक प्रकारले भन्दा नेपाली कांग्रेसले अहिले पनि बीपी कोइरालाले त्यो बेला आर्जन गरेको ख्यातिको विरासतमा राजनीति गरिरहेको छ ।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा कांग्रेस नेता मीनेन्द्र रिजालले पटक–पटक ‘बीपी कोइराला’को पार्टीका सदस्य हौं भन्ने कुरा दोहोर्‍याए ।

अर्थात्, आज पनि नेपाली राजनीतिमा कोही आदर्श व्यक्ति छ भने उनको नाम हो, बीपी कोइराला । 

नेपालको लोकतान्त्रिक आन्दोलनमा बीपीसरह अन्य कयौं व्यक्तिहरू जेल बसे, कयौंले ज्यान गुमाए । तर पनि किन बीपीको नाम आइरहन्छ ?

शायद उनी २० औं शताब्दीका एक दूरदर्शी नेता थिए, नेपालमा मात्र नभई दक्षिण एसियामै । 

बीपी आफैँले लेखेका पुस्तक र बीपीबारे लेखिएका पुस्तकहरू पढ्दा जवाहरलाल नेहरु, इन्दिरा गान्धीलगायत भारतीय नेताहरूले पनि बीपीको तेजस्वी चमकसँग इर्ष्या गरेको देखिन्छ ।

भारतको स्वतन्त्रता संग्राममा समेत सहभागी भएका बीपीलाई समकालीन नेताहरूले ‘नेपालका गान्धी’को रूपमा समेत चित्रित गरेको पाइन्छ । 

किन लोकप्रिय र सदाबहार ? 

हुन त बीपीपछि नेपालमा १८ जना नेता प्रधानमन्त्री बने । एउटै व्यक्ति पाँचपटकसम्म प्रधानमन्त्री बने । तर आममानिस भने नेपाली राजनीतिज्ञको नाम लिँदा तिनै बीपी कोइरालालाई स्मरण गर्छन्, जसले प्रधानमन्त्री बनेपछि आफ्नै तलब काटेर सुधारको शुरूआत गरेका थिए । 

अहिले कांग्रेस भातृ संगठन नेविसंघमा अध्यक्षका लागि प्रतिस्पर्धा हुने उमेरमा बीपीले राजनीतिको शिखर चुमिसकेका थिए । १९७१ मा जन्मेका बीपी २०१६ सालमा ४५ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । त्यो भन्दा कलिलो उमेरमा उनी गृहमन्त्री बनेका थिए । 

राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि कलिलै उमेरमा राजनीतिक पार्टी स्थापना गरेर जहानियाँ राणा शासनविरुद्ध बीपीले धावा बोलेका थिए । राणा शासनको जगजगी चलिरहेको समयमा प्रजातन्त्र स्थापनाको कुरा गर्नु एकप्रकारले मुर्खता जस्तै थियो । झण्डैझण्डै अहिले उत्तर कोरियामा किमको सत्तालाई कसैले चुनौती दिन खोजेजस्तै । 

नेपालको वामपन्थी आन्दोलनका अग्रणी नेता एवं नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह राणाशासन अन्त्यका लागि खेलेको भूमिकाका कारण नेपाली जनतामा अहिलेसम्म पनि बीपीको ठूलो छाप रहेको बताउँछन् । ‘नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाको महत्त्वपूर्ण योगदान छ । उनको भूमिकाका कारण नेपालमा राणाशाहीको अन्त्य र प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रका लागि सशस्त्र संघर्ष पनि गरे,’ मोहनविक्रमले लोकान्तरसँग भने, ‘तर उनको उत्तराधिकारी दाबी गर्ने कसैले पनि बीपीको सिद्धान्तको सही पालना गरेनन् ।’ 

२०१६ सालमा बीपी प्रधानमन्त्री भएपछि उनी अघिका एक प्रधानमन्त्रीले सोधेका रहेछन्, ‘प्रधानमन्त्री बनेपछि तपाईंको उद्देश्य के हुनेछ ?’ जवाफमा बीपीले भनेछन्, ‘एउटा मध्यम वर्गीय परिवारको सदस्य भएकाले हामीलाई बिहान–बेलुका खान दुःख छैन । हाम्रो अलिकति खेत पनि छ, मेरो त्यहीँबाट गुजारा चल्छ । अब मेरो उद्देश्य सबै नेपालीलाई मेरै हैसियतमा पुर्‍याउने हो ।’

सबै नेपालीको घर होस् । घरमा लैनो गाई होस् । र, बालबालिकाले शिक्षा लिन पाऊन् भन्ने बीपी कोइरालाको सपना थियो । मुलुक बीपीले प्रधानमन्त्री छाडेको ६२ वर्षसम्म पनि त्यही एजेण्डामा छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’देखि जनता आवास र सामूहिक बस्ती निर्माणका काम ६२ वर्ष अघिदेखि चल्दै आएका हुन् । अहिले पनि राजनीतिक दलका घोषणापत्र भूमिहीनलाई जमिन, घर नभएकालाई घर र रोजगारीको कुरा गरेर नेताहरूले जनतालाई ढाँटिरहेका छन् ।

उनीसँग संगत गरेका कांग्रेस नेताहरूको स्मरणमा बीपीको चिन्तन थियो– देश आर्थिक रूपमा विकास होस् । गाउँका मान्छेलाई के कुराको जरुरत छ ? इकोनोमीले गाउँका आवश्यकता परिपूर्ति गरोस् । आफ्नो बजेटमा बीपीले कृषि क्षेत्रमा उल्लेख्य वृद्धि र सुधार गरेका थिए । 

राणाशाहीको अन्त्य गरेर बहुदलीय लोकतन्त्रको स्थापनाका लागि लडेका बीपीलाई यो पनि विश्वास थियो कि राजनीतिक दलले मात्र देशको जातीय विविधता सम्बोधन गर्न सक्छ । पार्टीले जातिगत भावनालाई तोड्न सक्छ । पार्टी नहुँदा राष्ट्रियता खतरामा पर्छ । त्यसैले कांग्रेसको आन्दोलनमा सबै जातिको सहभागिता भयो । संगठित रूपमा उठ्दै नउठेको समावेशिताको एजेन्डाले बीपीले त्यतिबेलै कार्यान्वयन गरेका थिए ।

बरु पछि, शेतामगुरालि (शेर्पा, तामाङ, मगर गुरुङ, राई, लिम्बू) जस्ता संगठन र अभियान बनाएर जातीय भावना भड्काउने प्रयास भयो । यो संकुचित दायरालालाई राजनीतिक दलको उपस्थितिले लगभग नामेट पारिदिएको छ । 

यसअर्थमा बीपी कोइराला समाजशास्त्र बुझेको राजनीतिज्ञ थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी अहिलेका नेतासँग राजनीतिको मूल्य, मान्यता तथा देश र समाजलाई हेर्ने दृष्टिकोण नै नभएको टिप्पणी गर्छन् ।

दूरदर्शी र सादगी राजनेता 

नेपालको राजनीतिमा बीपी एक दूरदर्शी नेताको रूपमा परिचित र स्थापित छन् । नेपालको छिमेक सम्बन्धको विषयमा बीपीले २००७ या २०१७ सालमा जे भनेका थिए, अहिले पनि उस्तै छ । खासगरी चीन र भारतसँगको सन्तुलन कायम गर्ने मामिलामा बीपीले लिएको नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ । 

बीपी प्रधानमन्त्री रहेको समयमा चिनियाँ सेनाको गोलीबाट बमबहादुर नाम गरेका नेपाल प्रहरीका एक हबल्दारको मृत्यु भयो । त्यसको विरोधमा भारतका तत्कालीन प्रधानमन्त्री जबहारलाल नेहरुले भने, ‘हाम्रो उत्तरी हिमालयन सीमा क्षेत्रमा चीनबाट जुन हमला भयो, त्यसलाई हिन्दुस्तानले आफूमाथिको आक्रमण ठान्छ ।’

यो कुरा बीपी कोइरालालाई मन परेन । ‘उत्तरी सीमामा भएको घटनाबारे हिन्दुस्तानले जुन प्रतिक्रिया जनायो त्यो हामीलाई ठीक लागेन । हामी भन्न चाहन्छौं, हाम्रो भूभाग रक्षा गर्न हामी सक्षम छौं,’ बीपीले नेपालको संसदमार्फत नेहरुलाई जवाफ फर्काए । 

नेपालको प्रधानमन्त्रीका रूपमा चीनसँगको उस्तै सुझबुझपूर्ण वार्ताका कारण सगरमाथासम्बन्धी विवाद समाधान भयो । 

२०१६ सालमा भएको चीन भ्रमणका बेला चिनियाँ प्रधानमन्त्री चाउ एन–लाई र सीपीसीका अध्यक्ष माओसँग बीपीले सम्वाद गरेका थिए । 

त्यो बेलासम्म सगरमाथा ‘चोमोलुङ्मा’मा चीनको समेत दाबी थियो । नेपालको नक्सा लगेर बीपीले चिनियाँ नेताहरूसँग कुटनीतिक वार्ता गरेका थिए । 

बीपीकै निमन्त्रणामा २०१७ सालमा चिनियाँ प्रधानमन्त्री चाउ एन–लाइ नेपाल भ्रमणमा आएको समयमा उनले नेपालद्वारा प्रस्तुत नक्सालाई मान्यता दिएर आफूहरूको नक्सा बदर गरेको बताएका थिए । नेपालको नक्सामा दक्षिण भाग नेपालको र उत्तरी भाग चीनको भएको उल्लेख थियो । 

भारत र चीनसँगको मात्र होइन अन्य मुलुकसँग पनि बीपीले कूटनीतिक चातुर्यका साथ सम्बन्धलाई फराकिलो बनाएका थिए । आफ्नो व्यक्तित्वलाई अन्तर्राष्ट्रिय स्तरको बनाए पनि बीपी सरल र सादगी थिए । आन्दोलनमा लागेबापत आफू या आफ्नो पुस्ताले ब्याज असुलोस् भन्ने उनको चाहना थिएन । 

बीपीको यो आदर्शविपरीत उनको उत्तराधिकारीले नातावाद र कृपावादलाई प्रश्रय दिए । जसका कारणले नेताहरूले ख्याति होइन बदनामी कमाए । 

२०१५ सालमा बीपीले जस्तै २०४६ को परिवर्तनपछि गिरिजाप्रसाद कोइराला र गणतन्त्र स्थापनापछिको पहिलो प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल प्रचण्डलाई ‘बीपी कोइराला’जस्तै बन्ने अवसर थियो । यो मामिलामा दुवै नेताहरू चुके । 

हिंसात्मक विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा सहभागी गराएर गिरिजाप्रसाद कोइरालाले आफूमाथि लागेको कलंक मात्र पखालेनन्, ‘महानायक’ बनेर बिदा भए ।

गणतन्त्र स्थापनाका लागि त्यत्रो भीषण संघर्ष गरेर सत्तामा पुगेका प्रचण्डले दुईपटक प्रधानमन्त्री बनेर पनि भावी पुस्ताले सम्झिने के काम गरे ? जनयुद्धलाई बिर्सँदा प्रधानमन्त्रीको रूपमा प्रचण्डले के गरेका थिए भनेर सम्झने काम के भयो ? 

मानमोहन अधिकारीलाई अपवाद मान्दा २०४६ सालको परिवर्तन या गणतन्त्रपछि प्रधानमन्त्री बनेका नेताको नाम उनका कार्यकर्ताले बाहेक अरूले सम्झने काम गरेनन् । चुच्चे नक्सा जारी गरेका केपी ओलीलाई भावी पुस्ताले कसरी सम्झिने छ यो भविष्यमै थाहा होला । सरकारको नेतृत्व गरेका र गर्ने सम्भावना भएकाहरू किन बीपी, किसुनजी र मनमोहन बन्न चाहँदैनन् ? 

एउटै विरोधाभाष छ, सन्तान दरसन्तानलाई पुग्ने सम्पत्ति जोड्ने या आफन्त पोस्ने कि भावी पुस्ताले सम्झने गरी निस्वार्थ काम गर्ने ? यही विरोधाभाषमा फस्दा नेताहरू ‘बीपी’ बन्न चुकिरहेका छन् । राजशी ठाँट, परिवारवाद र आफन्तलाई पोस्ने नाममा नेताहरूले आफ्नो कद छोट्ट्याइरहेका छन् । 

वरिपरि गरीबका झुपडी राखेर आफू अग्लो बन्न खोज्ने कसरी बीपी बन्न सकुन् ? : चन्द्र भण्डारी

हामीले नेपालको राजनीतिक इतिहासमा अत्यन्तै नभुल्ने व्यक्ति हुनुहुन्छ, बीपी, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराई ।

बीपी कोइराला त्यो हाइटको नेता बन्नुमा जति गणेशमान, सुवर्ण किसुनजीको भूमिका थियो, कोइराला परिवारको पनि उत्तिकै योगदान छ ।

उहाँको बुवाको आदर्श पनि छ । नेपाली जनताको पनि उत्तिकै योगदान छ । यो कुरामा इतिहास लेख्नेको कन्जुस्याइँ छ ।

बीपी प्रधानमन्त्री भएको बेलामा उहाँले जसरी नेपाली जनताको झुपडी र हलो जोतेको किसानको तस्वीरलाई हेरेर नेपालको योजना बनाऊ भन्नुभयो, यो कुरा सिंगो दर्शन हो । शास्त्रले मानिसलाई इमान्दार बनाउँछ, शस्त्रले मानिसलाई हिंसामा ल्याउँछ । पछिका नेताहरू शस्त्रमा लागे, मानिसको विनाश गरायो । 

कति मान्छेहरू मोहमा लागे, रसपानमा लागे उनीहरूको इज्जत रहन सकेन । कति परिवार आफ्नो गुट र परिवारमा लागे उनलाई सम्झिन सकेनन् । तसर्थ बीपी शास्त्रमा लाग्नुभयो जसले गर्दा सबैले सम्झिए, इमान्दारीमा लाग्नुभयो । उहाँले सफलता र असफलतालाई पदसँग जोड्न चाहनुभएन । देश र प्रजातन्त्रका लागि कसैसँग झुक्न चाहनु भएन । अन्तिममा असल मानिस भएर बाँच्न चाहन्छु, भन्नुभयो ।  

उहाँसित आर्थिक विकासको खाका थियो । सरलताको खाका थियो । विश्वका नेताहरूसामु तर्क राखेर जित्ने क्षमता थियो । उहाँसित अत्यन्त असल मित्र हुनुहुन्थ्यो– गणेशमान, सुवर्ण र किसुनजी ।

अहिलेका नेतासँग क्षणिक सम्झना हो । त्यसैले नेपालीहरू अहिले पनि बीपीलाई मन मष्तिकबाट सम्झिने गर्छन् । अहिलेको विश्व परिवेशमा विकास भएको राजनीतिक परिभाषाभित्र उहाँहरू पर्नु हुन्न ।

अहिलेका नेतालाई सुविधा छ, तर राजनीतिको मूल्य र मान्यता छैन । देश र समाजलाई हेर्ने दृष्टिकोण छैन । बदलिएको समयअनुसार दिमागमा रुपान्तरण भएको छैन । समाजलाई रुपान्तरण गर्ने क्षमता भएको व्यक्ति अहिले नेतृत्वमा छैनन् । 

उहाँहरू वरिपरि गरीबका झुपडी राखेर आफू अग्लो महल बनाएर महान देखिन खोज्नुहुन्छ । देशको सिमानामा सुरक्षा छैन र उहाँहरू सुरक्षा बढाउन चाहनुहुन्छ । 

जनताको पहुँचमा, गाउँपलिकामा एम्बुलेन्स छैन, उहाँहरू सबैभन्दा महंगो गाडी चढेर हिँड्नुहुन्छ । चाहे कर्मचारी या संवैधानिक निकायका प्रमुख किन नहुन्, सबैलाई सुविधा चाहिएको छ । देश बनाउने भावना छैन ।

भावना विनाको मान्छे स्वार्थी हुन्छ, मूर्ख हुन्छ । भावना विनाको मान्छेको आकृति मात्र हुन्छ, सुविधाले के गर्नु ? 

तस्वीरहरू : बीपी कोइराला ट्रस्ट

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x