३१ जेठ २०८३, आइतबार

मेलम्चीका बाढीपीडितलाई १८ लाख बढी आर्थिक सहयोग

साउन ६, २०७८
मेलम्चीका बाढीपीडितलाई १८ लाख बढी आर्थिक सहयोग
फाइल फोटो

मेलम्चीका बाढीपहिरो पीडितलाई टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले १८ लाख ३६ हजार १०५ नगद सहयोग गरेका छन् ।

उनले सहयोग रकम मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याललाई बुधवार हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम गत असार १ गते आएको बाढीका कारण मेलम्ची नपामा पूर्णरूपमा क्षति भएकामध्येका पनि अतिप्रभावित कमल श्रेष्ठ, ङयन्द्र प्र दुलाल हीराकाजी श्रेष्ठ, रामजी श्रेष्ठ र मछिन्द्र श्रेष्ठलाई ३ लाख ६७ हजारका दरले घर निर्माणका लागि प्रदान गरिएको अध्यक्ष कृष्ण कँडेलले जानकारी दिए ।

सो अवसरमा कँडेलले रेडियो मेलम्चीलाई ५० हजार प्रदान गरेका छन् ।

स्वीडेनमा रहेका हेलम्बु गाउँपालिका–६ निवासी कृष्ण केसीको नेतृत्वमा संकलन गरिएको १५ हजारसहित ५० हजार कँडेलले रेडियोका अध्यक्ष डम्बर रसिक भारतीलाई हस्तान्तरण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्