२६ जेठ २०८३, मंगलबार

जसपा विवादबारे निर्वाचन आयोगको इजलासमा बहस शुरू, फैसला आउन केही दिन लाग्ने

जसपा विवादबारे निर्वाचन आयोगको इजलासमा बहस शुरू, फैसला आउन केही दिन लाग्ने

जनता समाजवादी पार्टी (जसपा)को विवादबारे निर्वाचन आयोगको इजलासमा बिहीवारदेखि बहस शुरू भएको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर तथा ठाकुर पक्षले उपेन्द्र यादवलाई कारवाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको थियो । एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यसअघि दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो । 

अध्यक्ष यादवले मिल्न नसक्ने भन्दै प्रक्रियामा जान आयोगमा आग्रह गरेपछि आयोगको इजलास बसेको हो । 

उपेन्द्र यादव पक्षले कार्यकारीणी समिति र संसदीय दल दुवैतर्फ बहुमत रहेको दाबी गरेको छ । 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आज बहस सकिएपनि फैसला नआउने बताए । 

प्रतिनिधि सभा विघटन र केपी शर्मा ओलीको सरकारमा सहभागिताको विषयलाई लिएर जसपाभित्र विवाद शुरू भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्