२४ जेठ २०८३, आइतबार

बँदेलबाट मकै बचाउन रातभरि जाग्राम

साउन ७, २०७८
बँदेलबाट मकै बचाउन रातभरि जाग्राम
प्रतिकात्मक तस्वीर

बँदेलले मकै सखाप पार्न थालेपछि सुर्खेतका किसान रातभरि बारीमै जाग्राम बस्न थालेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेतका किसान समूह बनाएर मकै बचाउन राति बारीमै जाग्राम बस्न थालेका हुन् ।

वैशाख अन्तिमतिर रोपेको मकैले घोगा हाल्ने समयमै बँदेल लागेपछि त्यसलाई जोगाउन बारीमै जाग्राम बस्न थालिएको स्थानीय रुद्र पौडेलले जानकारी दिए ।

‘१ वर्षसम्म पुग्ने गरी उत्पादन हुने अन्नबाली मकै जंगली जनावरले दैनिक खाएर सिध्याउन थाले,’ पौडेलले भने, ‘अरु उपाय केही नभएपछि त्यसको बचावटका लागि रातभर बारीको पाटामा जाग्राम बस्दै आएका छौं ।’

श्रम गरेर पनि भोकमरी सामना गर्नुपर्ने अवस्थाले किसानलाई चिन्तित बनाएको उनले बताए ।

गाउँलेले समूह बनाई पालैपालो गरेर रातभर मकै रखौली गर्दै आएको स्थानीय थलिराम गौतमले दुखेसो गरे । ‘बँदेल एक दिन आएको ठाउँमा अर्काे दिन आउँदैन, नयाँ ठाउँबाट आएर मकै सखाप पारिसक्छ थाहा हुँदैन,’ उनले भने ।

पटक–पटक यही पीडाले सताएकाले स्थानीय निकायलाई गुहारिएको गौतमले जनाए ।

स्थानीय सरकारले यो समस्या समधान गर्ने आशामा रहेको स्थानीय किसान टंक उपाध्यायले बताए ।

उनका अनुसार साविकको गढी गाविस–३, ४, ५ र ६ का मेहेपानी, लादे, गोठीकाँडा, बयलकाडा लगायतका गाउँमा बँदेलले मकै लगायतका बाली नष्ट गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्