३१ जेठ २०८३, आइतबार

इलाका प्रशासनबाट ५ हजार नागरिकता वितरण

साउन ७, २०७८
इलाका प्रशासनबाट ५ हजार नागरिकता वितरण
प्रतिकात्मक तस्वीर

झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ ।

कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष २०७७/७८ को अवधिमा २ हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ ।

कार्यालयको तथ्यांकमा २०७७/७८ मा ५ हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६/७७ मा ३ हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।

आव २०७७/७८ को अवधिमा वैवाहिक अंगिकृत ३०, प्रतिलिपि ४ हजार ८७१ र नाबालाक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिए ।

सोही अवधिमा राहदानी नियमिततर्फ २ हजार २९१, द्रुतसेवा ६१८, ठाडो उजुरी ६६, संघ संस्थान नविकरण १५८ र ४ हातहतियार इजाजत वितरण गरिएको उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्