०४ असार २०८३, बिहीबार

सवारीसाधनमा भाडा समायोजनको माग गर्दै यातायात व्यवसायी आन्दोलनमा

साउन ७, २०७८
सवारीसाधनमा भाडा समायोजनको माग गर्दै यातायात व्यवसायी आन्दोलनमा
प्रतिकात्मक तस्वीर

मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । 

चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरूले संघीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा पनि भाडा समायोजन गर्न माग गरेका हुन् ।

व्यवसायीले सबै यातायात मजदुरलाई कोभिड विरुद्धको खोप लगाउर्ने पनि माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले संघीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र स्थानीय तहले पनि समायोजन गर्नुपर्नेमा जोड दिए ।

यातायात व्यवस्था विभागले गत असार ३० गते २ वा २ भन्दा बढी प्रदेशमा चल्ने यात्रुबाहक सवारीसाधनमा २८ प्रतिशत, तराईमा चल्ने सवारीसानधमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारीसाधनमा २६ प्रतिशतसम्म भाडा बढाएको थियो । 

विक्रम संवत् २०६५ सालमा पेट्रोलियम पदार्थ, सवारीसाधन र त्यसको पार्टपूर्जाका आधारमा सार्वजनिक सवारीसाधनको भाडा निर्धारणसहित मापदण्ड तय गरिएकोे थियो । सो मापदण्डअनुसार पेट्रोलियम पदार्थको मूल्यलाई ३५ प्रतिशत र पार्टपूर्जालाई ६५ प्रतिशत आधार बनाइएको थियो । सोही आधारमा वार्षिकरूपमा भाडा समायोजन गरिनुपर्नेमा झण्डै ९ वर्षदेखि हुन नसकेको यातायात व्यवसायीको गुनासो छ ।   

संविधानअनुसार यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी ३ तहमै बाँडिएको छ । स्थानीय तहभित्र गुड्नेको स्थानीय तह, प्रदेशभित्र गुड्नको  प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा गुड्नेकोे व्यवस्थापन र नियमनको जिम्मेवारी संघीय सरकारको हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्