×

NMB BANK
NIC ASIA

साझा यातायातको हिसाब-किताब

नियमित बस चल्दा जहिल्यै घाटामा रहने साझा यातायात कोरोनाको समयमा २० करोड नाफामा !

बस किन्न सरकारले दिएको ३ अर्ब रूपैयाँ बैंकमा राखेर ब्याज खाँदै मुनाफा आर्जन

साउन ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नियमित बस सञ्चालन गर्दा प्रत्येक वर्ष घाटामा जाने गरेको साझा यातायात कोरोना महामारीका बेला बस नै नचल्दा भने बैंक मौज्दातको ब्याजबाट नाफामा गएको छ।

Muktinath Bank

४ अर्ब शेयर पूँजी रहेको उक्त सहकारी संस्थामा कुल ७१ वटा बस सञ्चालन हुँदा आम्दानीको दोब्बरभन्दा बढी रकम खर्च हुने गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आर्थिक वर्ष २०७७/७८ मा बस सञ्चालनबाट कुल आम्दानी ४ करोड १४ लाख ५० हजार ८७८ रुपैयाँ भएको थियो भने कुल ८ करोड ५९ लाख ६९ हजार ९४० रुपैयाँ खर्च भएको थियो।


Advertisment
Nabil box
Kumari

आम्दानी र खर्च तुलना गर्दा गत वर्ष ४ करोड ४५ लाख १८ हजार ७६२ रुपैयाँ घाटा भएको छ।

Vianet communication
Laxmi Bank

बस सञ्चालन गर्दा ४ करोड ४५ लाख रुपैयाँभन्दा बढी रकम घाटामा गएको भएपनि साझा यातायातले गत वर्ष २० करोड रुपैयाँ नाफा गरेको छ ।

बस किन्नका जम्मा भएको ३ अर्ब रकम बैंकमा खातामा राखेर त्यसको ब्याजले संस्था नाफामा गएको हो ।

साझा यातायातका लेखा अधिकृत सुनिल महर्जनले दिएको विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा बस सञ्चालनबाट कुल ४ करोड १४ लाख ५० हजार ८७८ रुपैयाँ आम्दानी भएको थियो।

जसमध्ये काठमाडौं उपत्यकामा सञ्चालित बसबाट कुल ३ करोड ५१ लाख ५५ हजार ९४० रुपैयाँ आम्दानी भएको थियो भने लामो दुरीको चारवटा बसबाट कुल ६२ लाख ९४ हजार ९३८ रुपैयाँ मात्र आम्दानी भएको थियो। तर बस सञ्चालनमा कुल ८ करोड ५९ लाख ६९ हजार ९४० रुपैयाँ खर्च भएको थियो। आम्दानीभन्दा दोब्बर खर्च भएको छ।

काठमाडौं उपत्यकामा सञ्चालन हुने बसमा ८ करोड ५ लाख ५० हजार ३७१ रुपैयाँ खर्च भएको छ भने लामो दुरीमा सञ्चालन हुने चारवटा बसमा ५२ लाख २३ हजार ३०३ रुपैयाँ खर्च भएको छ।

बसमा नेपाल टेलिकमले गरेको विज्ञापनबापत ५० लाख २४ हजार २१२ रुपैयाँ आम्दानी गरेको छ। जग्गा बहाल तथा कम्पाउन्ड पार्किङबापत २ करोड ४७ लाख ५९ हजार २९० रुपैयाँ आम्दानी गरेको छ।

साझा यातायातसँग कुल ७१ वटा बस छन्। जसमध्ये  ६७ वटा बस काठमाडौं उपत्यकामा सञ्चालन गर्ने गरेको छ। चारवटा बस लामो दुरीमा सञ्चालन गर्ने गरेको छ। काठमाडौंदेखि भैरहवा, बुटवल, बाग्लुङ र पोखरासम्म साझाका बस चल्छन् ।

आर्थिक वर्ष २०६९/७० मा ५ करोड ३२ लाख रुपैयाँमा १६ वटा बस किनेर २०७० वैशाख १ गतेदेखि साझा यातायातले उपत्यकामा बस सञ्चालन गरेको थियो।

त्यसपछि २०७३ सालको मंसिर महिनामा ७ करोड ६८ लाख रुपैयाँमा ३० वटा बस किनेको थियो। सोही वर्षमा फेरि ३ करोड २० लाख रुपैयाँमा २० थान बस किनेको थियो । ती बसहरू ५६ सिट क्षमताका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मै विदेशमा प्रायःजसो चल्ने सेमी फ्लोर बस समेत किनेर साझा यातायातले उपत्यकामा नमूनाका लागि सञ्चालन गर्ने गरेको छ।

आर्थिक वर्ष २०७४/०७५ मा लामो दूरीमा सञ्चालन गर्नका लागि १ करोड २७ लाखमा ४२ सिटको डिलक्स बस किनेको थियो।

७१ वटा बस सञ्चालनका लागि १ सय २४ जना चालक, १ सय २४ जना परिचालक, १ जना लाइट ड्राइभर, २ जना सेक्युरिटी गार्ड तथा २५ जना आन्तरिक कर्मचारीहरू छन्।

चालक, परिचालक सहितका जनशक्ति भने बाहिरको सेक्युरिटी एजेन्सी सञ्चालन गर्ने कम्पनीबाट आउटसोर्सिङ गरेर राखिएको छ।

बोलपत्र आह्वान गरी छनोट भएको नव दुर्गा सेक्युरिटी गार्ड सप्लाई सर्भिस  प्रा.लि. सँग सम्झौता गरी कर्मचारीहरूलाई काममा लगाइएको महर्जनले बताए।

नेपाल सरकारले तोकेको मापदण्डअनुसार चालक तथा परिचालकलाई तलब तथा भत्ता दिने गरिएको छ।

१ शिफ्टमा १२ घण्टा जति बस सञ्चालन हुने गर्छ। महिनामा १६ दिनजति प्रति चालक तथा परिचालकले काम गर्ने गर्छन्। मासिक १५ हजार तलब चालक तथा परिचालकको छ भने बस चलेको दिन दैनिक ३ सय रुपैयाँ भत्ता चालकलाई र २ सय ५० रुपैयाँ भत्ता परिचालकलाई दिने गरिएको लेखा अधिकृत महर्जनले बताए।

गत वर्ष कर्मचारीहरूको तलबमा ८१ लाख ५८ हजार ८ रुपैयाँ खर्च भएको छ। त्यसैगरी प्रशासनिकतर्फ २१ लाख ११ हजार ७५६ रुपैयाँ खर्च भएको छ ।

संस्थाको कार्यालय तथा बस सफाइका लागि खेम क्लिनिङ्स प्रा.लि.सँग सम्झौता गरी काममा लगाइएको छ।

शुरुमा १६ वटा बस साझा यातायातले आफ्नै स्रोतबाट किनेको थियो। पछि काठमाडौं महानगारपालिकाले शेयरबापत १० करोड रुपैयाँ दिएपछि ३० वटा बस खरिद गरिएको थियो।

त्यसपछि ललितपुर महानगरपालिकाले पनि ३ करोड रुपैयाँ जतिको शेयर किनेको थियो।

अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शेयर खरिदबापत दिएको ३ अर्ब रुपैयाँलाई बैंकमा मुद्दती खातामा राखिएको छ। त्यसैको ब्याजका कारण घाटामा गएको साझा यातायात नाफामा पुगेको महर्जनले बताए।

शुरूमा ९ प्रतिशत ब्याज दरमा राखिएको उक्त रकमको ब्याज २७ करोड रुपैयाँ वार्षिक आउने गरेको थियो।

त्यसमा १५ प्रतिशत कर कट्टा हुने गर्थ्यो तर अहिले ७ प्रतिशत मात्र ब्याज आउने हुनाले ब्याजबाट आउने आम्दानी पनि कम हुने गरेको उनले बताए।

३ अर्ब रुपैयाँमध्ये १ अर्ब रुपैयाँको लागतमा थप ४० वटा बस किन्नका लागि साझाले टेन्डर आह्वान गरिसकेको छ।

'उक्त टेन्डर आह्वानपछि फारम भरेका टेन्डरको मूल्यांकन हुने काम भइरहेको छ,' लेखा अधिकृत महर्जनले लोकान्तरसँग भने, 'केही दिनमै बस किन्ने काम सम्पन्न हुन्छ।'

बस चल्दा जहिले पनि घाटामा

साझा यातायात जहिले नि घाटामै गएको देखिएको छ। आर्थिक वर्ष २०७२/७३ मा  ४६ वटा बस सञ्चालन रहेको बेला १ करोड ९८ लाख ७२ हजार ८२ रुपैयाँ नाफा भएको थियो। ११ करोड ५५ लाख ४ हजार १०० रुपैयाँको शेयर पूँजी भएको त्यस वर्ष ९ करोड ८ लाख ७६ हजार १४ रुपैयाँ कुल आम्दानी भएको थियो भने ६ करोड ३९ लाख ९३ हजार ३९ रुपैयाँ खर्च भएको थियो। त्यस वर्ष साझामा कुल १९ जना कर्मचारी मात्र कार्यरत थिए।

तर आर्थिक वर्ष २०७३/०७४ देखि साझा यातायात घाटामा जान लागेको हो। त्यस वर्ष साझाले १ करोड ८२ लाख ६५ हजार ८१० रुपैयाँ घाटा बेहोरेको थियो। ४६ वटा बस तथा २३ जना कर्मचारी राखिएको त्यस वर्ष शेयर पूँजी बढे पनि घाटामा गएको थियो। शेयर पूँजी बढेर १६ करोड ५५ लाख ४ हजार १०० रुपैयाँ पुगे पनि कुल आम्दानी १० करोड ४९ लाख ८४ हजार ५३ रुपैयाँ भएकोमा खर्च भने १२ करोड १० लाख १५ हजार २६५ रुपैयाँ भएको थियो।

आर्थिक वर्ष २०७४/०७५ मा ५ थान बस थपिएपछि ५१ वटा बस सञ्चालन हुँदा समेत १ करोड ७८ लाख ८७ हजार ८४५ रुपैयाँ घाटा भएको थियो।

शेयर पूँजीमा अत्यधिक  वृद्धि भई ४२ करोड ६८ लाख ४६ हजार ५ सय रुपैयाँसम्म पुगेको त्यस वर्षमा १३ करोड ५४ लाख ७० हजार २७२ रुपैयाँ आम्दानी भएकोमा १५ करोड १ लाख ५९ हजार ५७९ रुपैयाँ खर्च भएको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ अर्ब रुपैयाँको शेयर खरिद गरेका कारण शेयर पूँजी ह्वात्तै बढेको थियो।

३ अर्ब ४५ करोड ५८ लाख ४६ हजार ५ सय रुपैयाँ शेयर पूँजी पुगेको त्यस वर्ष पनि ३ करोड ३१ लाख ३७ हजार ३५३ रुपैयाँ घाटा भएको थियो।

५१ वटा बसबाट ७१ वटा बस संख्या पुगेको वर्ष १६ करोड ९५ लाख ७ हजार ६०३ रुपैयाँ कुल आम्दानी भएकोमा २० करोड २६ लाख ४४ हजार ९५६ रुपैयाँ खर्च भएको थियो।

लगातार तीन वर्षसम्म घाटामा गएको साझाले आर्थिक वर्ष २०७६/०७७ मा मात्र २४ करोड ८० लाख ४ हजार ६०३ रुपैयाँ नाफा कमाएको थियो। कोरोना महामारी शुरू भएयता भने संस्था नाफामा छ ।

३ अर्ब रुपैयाँ मुद्दती खातामा राख्दा आएको ब्याजका कारण मात्र संस्था नाफामा पुगेको हो ।

३ अर्ब ४७ करोड ३३ लाख ४६ हजार ५ सय रुपैयाँ शेयर पूँजी भएको त्यस वर्ष ४३ करोड ७४ लाख १६ हजार ३७ रुपैयाँ कुल आम्दानी भएकोमा १८ करोड ९४ लाख ११ हजार ४३४ रुपैयाँ मात्र खर्च भएको थियो।

सोही अनुसार आर्थिक वर्ष २०७७/७८ मा पनि बैंक ब्याजबाट भएको आम्दानीकै कारण २० करोडको हाराहारीमा नाफामा गएको हो।

२२८ जनाको शेयर,९३ प्रतिशत नेपाल सरकारकै

साझा यातायातमा अहिले कुल २ सय २८ जना शेयरधनी छन्।

३ अर्ब ४७ करोड ३३ लाख ४६ हजार ५ सय रुपैयाँ कूल शेयर पूँजी रहेको साझा यातायातको सबैभन्दा बढी शेयर रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रहेको छ। उक्त मन्त्रालयसहित नेपाल सरकारको नाममा कुल ६३ वटा शेयर छ।

३ अर्ब २६ करोड १४ लाख ७७ हजार २ सय रुपैयाँ लगानी गरेको उक्त मन्त्रालय सहित नेपाल सरकारको नाममा ९३.९० प्रतिशत शेयर छ।

त्यसपछि काठमाडौं महानगरपालिकाले १५ करोड रुपैयाँ, ललितपुर महानगरपालिकाले ५ करोड रुपैयाँ, गोदावरी नगरपालिकाले ३५ लाख रुपैयाँ, महालक्ष्मी नगरपालिकाले ४० लाख रुपैयाँ, संघ–संस्थाले ७ वटा शेयरमा ११ लाख १३ हजार ३ सय रुपैयाँ, व्यक्तिगत रुपमा १ सय ५४ जनाले ३२ लाख ५६ हजार रुपैयाँ लगानी गरेका छन्।

नेपाल सरकारले साझालाई दिएको ऋणबापतको रकम २५ करोड ३ लाख ४२ हजार रुपैयाँलाई शेयरमा पछि परिणत गरिएको थियो।

साझा यातायातको स्थायी सम्पत्तिको रूपमा ललितपुरको हरिहरभवनमा करीब २२ रोपनी जग्गा छ ।

साझा यातायात सहकारी संस्था हो। त्यसको सञ्चालक समितिमा कनकमणि दीक्षित अध्यक्ष छन् भने सरकारी कार्यालयका प्रतिनिधिहरू सदस्य छन्।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, आन्तरिक राजश्व विभागका प्रतिनिधिहरू सदस्य छन्।

त्यसबाहेक शंकरराज जोशी, बन्दना थापा, भुषण तुलाधर, रुद्र पौडेल सदस्य छन्।

कोरोनाकालमा सार्वजनिक यातायात सञ्चालन नहुँदा त्यसको असर साझा यातायातलाई पनि परेको छ।

कोरोना कहरको कारण निषेधाज्ञा समयमा बस सञ्चालन नहुँदा घाटामा गैरहेको साझा यातायातले काठमाडौं उपत्यकामा अहिले आधा बस मात्र सञ्चालन गरेको छ। तर त्यसमा पनि यात्रु कम हुने कारण सञ्चालन खर्चतर्फ घाटा बढिरहेको छ ।

साझा यातायातले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिकाको प्रस्तावमा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिका, 'क' र 'ख' वर्गका अपाङ्गता भएका व्यक्तिलाई काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने बसहरूमा निःशुल्क यात्रा गराउने गरेको छ।

त्यसबाहेक विद्यार्थीहरूलाई १० रुपैयाँमा मात्र यात्रा गराउने गरेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x