
राष्ट्रिय सभाको बिहीवारको बैठकमा ‘न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन २०७६/७७’ पेश भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गरे ।
बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८’ खारेजसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक साउन ८ गते दिउँसो १ बजे बस्नेछ ।