पोखरा, २६ जेठ - पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकमा आज दिउँसो एक व्यक्तिको शव फेला परेको छ ।
सो ठाउँमा पल्टिरहेको अवस्थामा फेला परेकामा तत्काल प्रहरी टोली खटिइ उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले निजलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
निजको विषयमा केही खुल्न नआएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।