०३ साउन २०८३, आइतबार
जसपा विवाद

जसपा आधिकारिकता विवाद–५१ जना कार्यकारिणी सदस्यलाई नागरिकता लिएर उपस्थित हुन आयोगको निर्देशन

जसपा आधिकारिकता विवाद–५१ जना कार्यकारिणी सदस्यलाई नागरिकता लिएर उपस्थित हुन आयोगको निर्देशन

निर्वाचन आयोगले पार्टी आधिकारिकताको जाँचका लागि जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्यलाई शशरीर शरीर उपस्थित हुन निर्देशन दिएको छ । 

बिहीवार आयोगको इजलासमा भएको सुनुवाइ पछि आयोगले साउन ११ गते ११ बजे कार्यकारिणी समितिका ५१ जनालाई निर्वाचन आयोगमा बोलाइएको हो । आयोगले सनाखत गर्नका लागि नागरिकता सहित उपस्थित हुने निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । 

प्रतिनिधि सभा विघटन र सरकारमा सहभागिताको विषयलाई लिएर विवाद भएपछि जसपाको दुवै पक्षले एक अर्कोलाई कार्वाही गरेको थियो । आयोगले दुवै पक्षको कारवाहीलाई वैद्यता दिन अस्वीकार गर्दै बोलाएको थियो । 

अध्यक्ष उपेन्द्र यादव पक्षले आफूहरु मिल्न नसक्ने भएकोले प्रक्रियामा गएर विवाद टुंगाउन आयोगसँग आग्रह गरेको थियो । सोही अनुसार आयोगले इजलास गठन गरेर सुनुवाइ गरेको थियो । 

उपेन्द्र पक्षमा नेता मोहम्मद इश्तियाक राईले जसपा एकता भएको बखतको कार्यकारिणी सदस्यलाई आयोगले बोलाएको जानकारी दिए । नागरिकता सहित सनाखत गरेपनि आयोग निर्णयमा पुग्ने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्