२८ जेठ २०८३, बिहीबार

माधव नेपालको सचिवालयले भन्यो-ओली र नेपालबीच वार्ता हुने तय भएको छैन

माधव नेपालको सचिवालयले भन्यो-ओली र नेपालबीच वार्ता हुने तय भएको छैन

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको सचिवालयले अध्यक्ष केपी ओलीसँग नेपालको वार्ता तय नभएको बताएका छन् । 
एमाले नेता सुवास नेम्वाङलाई उदृत गर्दै सञ्चारमाध्यममा दुई नेताबीच वार्ताको तयारी भएको खबर सार्वजनिक भएपछि नेपालको सचिवालयले यस्तो बताएको हो । 
नेपालको सचिवालयको तर्फबाट मोहन गौतमले भनेका छन्औ-विभिन्न सन्चार माध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली बीच आज भेट हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहॅाहरू बीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।

salt training

कमेन्ट गर्नुहोस्