२५ जेठ २०८३, सोमबार

उपेन्द्रलाई चुनावको मुखमा यस्तो सफलता, नेपाल सद्भावना पार्टी समाहित

कात्तिक २०, २०७४
उपेन्द्रलाई चुनावको मुखमा यस्तो सफलता, नेपाल सद्भावना पार्टी समाहित


काठमाडौँ, २६ जेठ - चुनावको मुखमा सङ्घीय समाजवादी फोरम नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच आज एकीकरण भएको छ ।upendra-yadav

रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको औपचारिक रुपमा घोषणा गरिएको हो ।

सो अवसरमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकतासँगै उत्पीडित र पछाडि परेका समुदायको अधिकार र समानताका लागि प्रतिबद्धताका साथ लाग्ने बताए ।

अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नवनिर्वाचित सरकारले सहमतिअनुरुप संविधान संशोधनको प्रक्रिया अघि बढाएर आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनसहभागिता बढाउने वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिए ।

सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले मधेसका जनता निर्वाचनको पक्षमा रहेको बताउँदै सबैको सहभागितालाई सुनिश्चित गरिनुपर्नेमा जोड दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्