काठमाडौँ, २७ जेठ - नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर २ बाहेक अन्यत्रका अधिकांश ठाउँमा उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी कार्यालय सानेपामा केही दिनयता निरन्तर बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेदवारी टुङ्गो लगाउन थालेको हो ।

काँग्रेसले प्रदेश नम्वर १ मा सोलु र मोरङबाहेक अन्य स्थानमा उम्मेदवार टुङ्गो लगाएको छ भने प्रदेश नम्बर पाँचअन्र्तगत दाङको केही स्थान र प्रदेश नम्बर ७ को कञ्चनपुरका केही स्थानबाहेक अन्यत्र उम्मेदवार टुङ्गो लागेको छ ।
एकै स्थानमा धेरै उम्मेदवारका आकाङ्क्षी रहेपछि पार्टी नेतृत्वलाई उम्मेदवार चयन गर्न भने कठिन भएको छ, गोरखापत्रमा खबर छ ।