२३ असार २०८३, मंगलबार

‘देउवालाई गिरिजाप्रसाद कोइरालालाई जस्तै छवि बनाउने अवसर आएको छ’

‘देउवालाई गिरिजाप्रसाद कोइरालालाई जस्तै छवि बनाउने अवसर आएको छ’

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्व. गिरिजाप्रसाद कोइरालालाई जस्तै छवि बनाउने अवसर रहेको बताएको छ । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा देउवालाई बधाई दिँदै माओवादी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अनुभव र परिपक्वताका कारण प्रधानमन्त्री देउवालाई नयाँ इतिहास रच्ने अवसर रहेको बताएका हुन् । 

‘विगतमा गिरिजाप्रसाद कोइरालामाथि धेरै प्रश्न उठे, जब प्रजातन्त्र संकटमा पर्यो त्यसपछि उहाँले माओवादी र सात दलको सहकार्यबाट सहमति गरेर संविधानसभाको चुनाव गराउनु भयो । चुनावमा हार्ने जान्दाजान्दै संविधानसभाको चुनाव गराउनु भयो,’ गजुरेलले भने, ‘देउवाज्यूलाई प्रधानमन्त्रीको रुपमा एउटा अवसर आएको छ, अनुभव र उमेरको हिसाबले पाको हुनुहुन्छ । गिरिजाले जुन छवि बनाउनु भयो अहिले प्रधानमन्त्रीज्यूलाई अवसर छ ।’

प्रधानमन्त्री देउवाबाट सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा जनताले गरेको गजुरेलले बताए । उनले पटक–पटक विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गरेर सर्वोच्च अदालतले संविधानलाई जीवित तुल्याइदिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्