
मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।
त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायहरूका परीक्षा सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षार्थी र सर्वसाधारणहरूको आवतजावतलाई सहज बनाउन यातायात सञ्चालन गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
साथै यात्रुहरूले अनिवार्य रूपमा काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।