३२ असार २०८३, बिहीबार

भारत : महाराष्ट्रमा बाढीपहिरोका कारण ३६ जनाको मृत्यु

साउन ८, २०७८
भारत : महाराष्ट्रमा बाढीपहिरोका कारण ३६ जनाको मृत्यु

भारतको महाराष्ट्रमा अविरल वर्षापछि आएको बाढीपहिरोका कारण राइगढ जिल्लामा ३६ जनाको मृत्यु भएको छ । 

मर्नेमध्ये ३२ जना तालाईमा बितेका थिए भने चारजना साखार सुतार वाडीमा ज्यान गुमाएका थिए । पहिरोमा अझै ३० जना फसिरहेको जिल्ला कलेक्टर निधि चौधरीले बताइन् । 

उद्धारटोली मुम्बईबाट १६० किलोमिटर पर रहेको माहाड पुगेको छ र अर्को टोली पनि छिट्टै पुग्दैछ, उनले जानकारी दिइन् । 

मुख्यमन्त्री उद्धव ठाकरेले परिस्थितिको समीक्षा गरिरहेका छन् । 

पहिरोका कारण घरमा फसेकाहरूलाई छतमा आउन स्थानीय प्रशासनले आग्रह गरेको छ । उनीहरूलाई सजिलै भेटिने र उद्धार गर्न सकिने भएकाले छतमा आउन भनिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्