०५ साउन २०८३, मंगलबार

ओलीले दिएको आममाफीमा माधव नेपालको प्रतिक्रिया : महाराजधिराजको महावाणी आयो ‘एम्नेष्टी इज ग्रान्टेड’

ओलीले दिएको आममाफीमा माधव नेपालको प्रतिक्रिया : महाराजधिराजको महावाणी आयो ‘एम्नेष्टी इज ग्रान्टेड’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहलाई आममाफी दिने भनेर गरेको घोषणामा माधव नेपालले जवाफी टिप्पणी गरेका छन् । 

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलनको अबको बाटो विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘महामहिम श्री ५ महाराजधिराजबाट महावाणी आयो । एमनेष्टी इज ग्रान्टेड । महाराजधिराज उवाच ।’

उनले थप भने, ‘स्पष्टीकरण लिएको गल्ती भयो । फिर्ता लिएका छौं भनेको भए के हुन्थ्यो । उचाइ घट्थ्यो ? आज सुध्रेलान् कि भन्यो उस्तै छ, भोलि पनि उस्तै छ ।’ 

आफूले भने पार्टी एकतामा असर पर्ला भनेर ध्यान दिएको तर, ओलीले आफूलाई महाराजधिराज नै ठानेको बताए । 

‘म भने पार्टी एकतामा असर पर्ला भनेर हरेक शब्द शब्दमा ध्यान दिएर बोलेको छु । कतै चिप्लिहाल्ला कि भन्नेमा कत्रो ध्यान दिएर बोलेको छु । साथीहरूको दबाब पनि उस्तै छ,’ उनले भने, ‘हिजो म भक्तपुर गएको थिएँ । एक हजार सदस्य भएको पिपुल्स भोलेन्टियर घोषणा गरें र भनें माधव नेपालको घर वरिपरि गएर बाँदर जुलुस निकाल्ने बाँदरे प्रवृत्तिचाहिँ नदेखाउनू ।’

ओली पक्षीय युवाहरूले निकालेको जुलुसतर्फ संकेत गर्दै नेपालले भने, ‘यसो बाहिर निस्किएको त मोटरसाइकलमा उपरखुट्टी लगाएर बसेका, माधव नेपाललाई तर्साउन आएका । माधव नेपाल तर्सिने मान्छे होइन । हामी विशेष धातुले बनेका मान्छौ हौं ।’

salt training

कमेन्ट गर्नुहोस्