
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
निर्वाचन आयोगले हेरफेर भएको कार्यकारिणी समितिलाई मान्यता नदिएको भन्दै रिट दायर गरेका हुन् ।
उनले निर्वाचन आयोगको आदेश बदर हुनुपर्ने निवेदनमा माग गरेका छन् ।
रिटमा निर्वाचन आयोग र जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाइएको छ ।
आयोगले जसपाको ठाकुर पक्षले कार्यकारिणी समितिमा गरेको हेरेफेरलाई मान्यता नदिएर पुरानै ५० जनालाई हस्ताक्षर सनाखतका लागि बोलाएको थियो ।