०१ असार २०८३, सोमबार

को -को बन्दैछन् सशस्त्रमा डीआईजी ?

कात्तिक २०, २०७४
को -को बन्दैछन् सशस्त्रमा डीआईजी ?
काठमाडौं, २७ जेठ -सशस्त्र प्रहरी प्रधान कार्यालयले आफ्ना दुई जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएकै दिन रिक्त पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको छ, राजधानी दैनिकमा खबर छ ।
डीआईजीद्वय उत्तम खड्का र दिवाकर केसीले डीआईजीको पाँच बर्से कार्यकालका कारण अनिवार्य अवकाश पाएकै दिन सशस्त्र मुख्यालयले बिहीबार पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको हो ।APF-Police-Nepal

बलको प्रशासन विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) तथा बढुवा समितिका सदस्य सचिव पुष्पराम केसीद्वारा हस्ताक्षरित सूचनामा सम्भाव्य उम्मेद्वारहरुलाई आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिसहितको मूल्याकंन फारम भरेर पेश गर्न भनिएको छ । जसका लागि तीन दिनको समय दिइएको छ । यसमा शैक्षिक योग्यतालाई विशेष प्राथमिकता दिइएको छ ।

एसएसपीमा वरिष्ठतामा प्राविधिक पृष्ठभूमिका इन्जिनियर प्रजाभक्त श्रेष्ठ, सञ्चारका राजु सुवाल, सञ्जयविक्रम राणा, चीरञ्जीवी अधिकारी, प्रविण श्रेष्ठ, नगेन्द्र थापा, कविन्द्रमान श्रेष्ठ अगाडि छन् । राणा, अधिकारी, थापा र कविन्द्रमान श्रेष्ठ नेपाली सेनाबाट सशस्त्रमा स्थानान्तरण भएर आएका हुन् ।

वरिष्ठतामा तेस्रो स्थानमा रहे पनि राणा बढुवामा पर्ने छैनन् । राणाको शैक्षिक योग्यता प्रविणता प्रमाणपत्रको मात्र रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ मा तालिम, ज्येष्ठताभन्दा शैक्षिक योग्यतालाई बढी प्राथमिकता दिएका कारण राणा बढुवामा नपर्ने भएका हुन् ।

राणाले मध्यरातमा सूचना प्रकाशित गरेर बढुवा प्रक्रिया थालिएकोमा असन्तुष्टि व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्