०६ असार २०८३, शनिबार

माओवादी केन्द्रले धेरै तहमा उम्मेदवारको टुंगो लगायो

कात्तिक २०, २०७४
माओवादी केन्द्रले धेरै तहमा उम्मेदवारको  टुंगो लगायो
काठमाडौँ, २७ जेठ- माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन हुन बाँकी मुख्य सहरहरूमा पार्टीका उम्मेदवारहरू करिब टुंगो लगाएको छ । विराटनगर महानगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, घोराही, तुलसीपुर उपमहानगरपालिकाजस्ता मुख्य सहरहरूमा उसले उम्मेदवार छनोट गरिसकेको छ, आजको नयाँ पत्रिकामा खबर छ ।
Maoist Flag
नेपालगन्ज उपमहानगरपालिकामा माओवादीले दामोदर आचार्यलाई मेयर र कलामुन अन्सारीलाई उपमेयरका रूपमा अगाडि सारिसकेको छ । घोराही उपमहानगरपािलकामा माओवादीले पोलिटब्युरो सदस्य जीवन गौतमलाई मेयर, सीता चौधरीलाई उपमेयरको टिकट दिएको छ । तुलसीपुर उपमहानगरपालिकामा शेषुराम भण्डारीलाई मेयर र मनकला थारूलाई उपमेयरका रूपमा अगाडि सारेको छ । विराटनगर महानगरपालिकामा भोगेन्द्र शर्मालाई मेयरका रूपमा अगाडि सारिसकेको छ ।

वीरगन्ज, बुटवल र जनकपुरमा बाँकी
माओवादी केन्द्रले वीरगन्ज महानगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकामा भने उम्मेदवार छनोट गर्न बाँकी छ । स्थानीय तालमेलको सम्भावना र उम्मेदवारको सम्भावनाका विषयमा छलफल बाँकी नै रहेकाले उम्मेदवार छनोटमा ढिलाइ भएको माओवादीले जनाएको छ ।

वीरगन्ज महानगरमा माओवादीले बसुरधिन अन्सारीलाई मेयरका रूपमा अगाडि सार्ने सम्भावना छ । उता, बुटवलमा भने कांग्रेससँगको तालमेलको सम्भावना बढेको भन्दै कांग्रेससँग चुनावी तालमेलको छलफल चलाएको छ । कांग्रेसलाई मेयर र माओवादीलाई उपमेयर लिने गरी तालमेलको कसरत भइरहेको माओवादी नेताहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्