२९ जेठ २०८३, शुक्रबार

टिकटका लागि कांग्रेसमा भाँडभैलो, इलामका नेताहरुद्वारा सामूहिक राजीनामा

कात्तिक २०, २०७४
टिकटका लागि कांग्रेसमा भाँडभैलो, इलामका नेताहरुद्वारा सामूहिक राजीनामा

इलाम, २७ जेठ– दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि टिकट वितरणको विषयलाई लिए नेपाली कांग्रेसमा आन्तरिक विवाद चर्किएको छ ।

जिल्लाबाट सिफारिस नै नगरिएका व्यक्तिलाई केन्द्रबाट टिकट दिइएको भन्दै इलाम कांग्रेसमा विवाद उत्पन्न भएको हो ।

गुटबन्दीका कारण पार्टीमा सक्रिय व्यक्ति ओझेलमा परेको भन्दै नेपाली कांग्रेसका इलाम क्षेत्रनम्बर १ का सभापतिसहित १५ जनाले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरुमा इलाम क्षेत्र नम्बर १ का सभापति
दुर्गा बराल, उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ र राजकुमार लिम्बु, कोषाध्यक्ष पूर्ण मुखिया, सदस्यहरु मेनुका प्रधान, नरेन्द्र सापकोटा, सोनाम छिरिङ काजी, बिमल प्रधान, ज्ञानु राई, अर्जुन पोखरेल, हिराबहादुर लाप्चा, हरी बुढाथोकी, राजु बम्जन र पुष्प कार्की छन् ।
पार्टीको जिल्ला समितिले क्षेत्रीय सभापति बराललाई सूर्योदय नगरपालिकाको मेयरका लागि उम्मेदवार बनाउन भनेर सिफारिस गरेको थियो । तर केन्द्रले महासमिति सदस्य प्रेम चाम्लिङलाई मेयरको उम्मेदवारको टिकट दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्