११ असार २०८३, बिहीबार

तिलोत्तमामा फोहोरमैला व्यवस्थापनसँगै रोजगारी सिर्जना गरिने

तिलोत्तमामा फोहोरमैला व्यवस्थापनसँगै रोजगारी सिर्जना गरिने

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि हरित पुनर्उत्थान प्रवर्द्धन परियोजना (पीजीआरपी) शुरू भएको छ । 

नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागिता वास स्वास्थ्य सहकारी संस्था लि.को आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो । 

परियोजनाले फोहोरमैला व्यवस्थापनको साथसाथै ४० जनाको लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । 

फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको वास सहकारीमार्फत् कार्यान्वयन हुने यो परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै फोहोरको व्यवस्थापन स्रोतबाट नै शुरू गर्नुपर्ने अवधारणालाई प्रवद्र्धन गर्ने नगर प्रमुख वासुदेव घिमिरेले बताए । 

यसको लागि घर, उद्योग, व्यवसाय तथा संघ/संस्थामा फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै संकलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गरिने छ ।

परियोजनाअन्तर्गत बायोग्यास तथा प्राङ्गारिक मल उत्पादन गर्ने तथा व्यावसायिक जैविक खेतीलाई प्रवद्र्धन गरी आम्दानीको स्रोतलाई बढावा दिने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ  । 

कार्यक्रमको पहिलो वर्षमा फोहोरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करीव ४० जनालाई लक्षित गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले फोहोर संकलन, वर्गीकरण, पुनः प्रयोग तथा विसर्जन गर्ने सीप तथा रोजगारीको अवसर प्रदान गरिनेछ ।

रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिने परियोजनामा ७० प्रतिशत महिलालाई प्राथमिकतामा राखी विपन्न वर्गलाई लक्षित गर्दै २६० जनाले प्राङ्गारिक मल र बायोग्यास उत्पादन तथा व्यवसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगारको अवसर प्राप्त गर्नेछन् । 

यस्तै नगरपालिकाभित्रका २६० घरधुरीलाई प्राङ्गारिक मल उत्पादन गर्ने सीप तथा प्रविधि प्रदान गरिने छ । 

salt training

कमेन्ट गर्नुहोस्