
एमालेको विघटित कार्यदलका सदस्यहरू र एमाले सांसदहरूबीच छलफल शुरू भएको छ ।
पार्टी एकताका लागि विघटित कार्यदलका सदस्यहरूमार्फत दबाब दिनका लागि सिंहदरबारको कृषि हलमा छलफल शुरू भएको हो ।
पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरू निरन्तर प्रयास गरिरहेका छन् । उनीहरूलाई नै थप दबाब र सल्लाह दिनका लागि सांसदहरूले बैठक बोलाएका हुन् ।
‘१० बुँदे सहमतिमा कार्यदलका सबै सदस्यको एक मत हो भने त्यहीअनुसार अघि बढ्नुपर्यो । होइन भने नयाँ विकल्प ल्याएर भए पनि पार्टी एकता जोगाउनु पर्यो । त्यसकै लागि विघटित कार्यदलका सदस्यहरूसँग छलफल भइरहेको छ,’ ओली पक्षका सांसद कृष्णप्रसाद दाहालले भने ।
दोस्रो तहका यी नेताहरूले पार्टी विवाद समाधानका लागि निरन्तर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालसँग संवाद गरिरहेका छन् । तर, उक्त संवादको सार्थक निष्कर्ष भने अझै आउन सकेको छैन ।