भारतीय अभिनेता अमिर खानको फिल्म दंगल यतिखेर नाम र कमाइ र चर्चाका हिसावले निकै अगाडि छ ।
यसका साथै हिलमान महावीर सिंह फोगाटको रोल खेल्नका लागि ५१ वर्षीय भारतीय एक्टर अमिर खानले स्पेशल तालिमसमेत लिएका थिए । हालै अमिरको सिक्स प्याक एव्स ट्रेनिङको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अमिर खाको एक रेसलरका रोल खेल्नका लागि आफ्नो बडीमा धेरै मेहनत गर्नु प¥यो । युटिभी मोशन पिक्चरले यस फिल्मको पर्दा पछाडिका दृश्य सार्वजनिक गरेको छ । जसमा अमिर आफ्ना छोरा आजादसँग कुस्ती खेल्न लागको दृश्य भाइरल बनेको छ ।