
कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन् ।
श्रेष्ठ ललितपुरको लिटिल एन्जेल्स स्कूलका सञ्चालक समेत हुन् ।
श्रेष्ठलाई कांग्रेसमा व्यापारी सांसदको रूपमा चिनिन्छ ।