मोटरसाइकललाई ठक्कर दिएर फरार ट्रक चालक पक्राउ

साउन ४ गते मोटरसाइकलमा मृत अवस्थामा फेला परेका व्यक्तिलाई ठक्कर दिने ट्रक र ट्रकका चालकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।


Advertisement

मोटरसाइकलमै मृत भेटिएका विराटनगर–५ का ६७ वर्षीय सुदर्शन न्यौपानेको मृत्यु सवारीसाधनको ठक्करबाट भएको खुलेपछि मोरङ प्रहरीले को१क १३३३ नम्बरको ट्रक र चालक धरान–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई नियन्त्रणमा लिएको हो ।


Advertisement

ट्रकले को४प २३१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा न्यौपानेको मृत्यु भएको थियो । मृतकका आफन्तले हत्या भएको दाबी गर्दै आइरहेका थिए । न्यौपाने मोटरसाइलमा नै बसेको अवस्थामा मृत भेटिएका थिए । 

ठक्करपछि मृत्यु हुँदा मोटरसाइकलमा लगेर राखेको हुनसक्ने आफन्तको आशका भए पनि प्रहरीले अन्य विषय खुलाउन चाहेको छैन । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले बताए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्