०२ असार २०८३, मंगलबार

विदेश जाने श्रमिक र विद्यार्थीलाई कोरोना विरुद्धको खोप नियमित लगाइने

विदेश जाने श्रमिक र विद्यार्थीलाई कोरोना विरुद्धको खोप नियमित लगाइने
प्रतिकात्मक तस्वीर

विदेश जाने श्रमिक र विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप नियमित लगाइने भएको छ ।

जिल्ला खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको आइतवार बसेको बैठकले श्रमिक र विद्यार्थीलाई नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा नियमित खोप लगाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई विभिन्न समयमा विभिन्न लक्षित समूहलाई स्वास्थ्य कार्यालयले तोकेबमोजिम खोप लगाउन स्थायी खोप केन्द्रको रूपमा तोक्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्