१० असार २०८३, बुधबार

बैंकिङ कसूरमा फरार निता पक्राउ

साउन १०, २०७८
बैंकिङ कसूरमा फरार निता पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले १० लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका १ व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले १० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका काठमाडौं बुढानिलकण्ठका ४५ वर्षीय निता भण्डारीलाई आइतवार बुढानिलकण्ठबाट पक्राउ गरेको हो । 

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विक्रम संवत् २०७८ वैशाख ६ गतेको फैसलापछि ४ दिन कैद र बिगो बमोजिम १० लाख रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेकी भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए ।
    
पक्राउ परेकी भण्डारीले आफ्नो मुक्तिनाथ विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले भण्डारीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ परेकी भण्डारीलाई फैसला कार्यान्वयनका लागि आइतवारै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

salt training

कमेन्ट गर्नुहोस्