०२ साउन २०८३, शनिबार

लुम्बिनी प्रदेश सभाका जसपाकी सांसद ढेंगा सम्पर्कविहीन

साउन ११, २०७८
लुम्बिनी प्रदेश सभाका जसपाकी सांसद ढेंगा सम्पर्कविहीन

लुम्बिनी प्रदेश सभाकी जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षीय सांसद पुर्मती ढेंगा सम्पर्क विहीन भएकी छन् ।

जसपाले सांसद ढेंगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको छ । जसपाले सत्तापक्षले सम्पर्कविहीन बनाएको आरोप लगाएको छ । 
 

जसपाका प्रदेश अध्यक्ष अशोक यादवले आइतबार बिहानदेखि सांसद ढेंगा सम्पर्कविहीन भएको बताए ।

उनले लोकान्तरसँग भने, ‘फोन गर्दा घन्टी जान्छ फोन उठ्दैन । घरमा जाँदा घरमा छोराले आमाको फोन उठ्दैन बाबाको मोबाइल अफ छ भन्छन । प्रदेशमा सरकार बनाउने गरे गिराउने खेल चलिरहेको छ । सत्तापक्ष उहाँलाई सम्पर्कविहीन बनाउने खेलमा त, लागेन भन्ने हामीलाई आशंका हो ।’

पाल्पाकी ढेगा जसपाकी समानुपातिक सांसद हुन । ६ जना सांसद प्रदेश सभा रहेको जसपाका यस अगाडि महन्त ठाकुर चार जना मन्त्री बनेका थिए ।

त्यसमध्येकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएर यादव पक्षमा लागेकी छन् ।

एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरुलाई जसपाले झुट्टा आरोप लगाएको बताए । ‘उहाँहरुले हामीलाई सांसदलाई सम्पर्कविहीन बनाएको भन्ने आरोप खेदजनक र आपत्तिजनक छ ।’ ढकालले लोकान्तरसँग भने । 

उनी शुरूदेखि यादव पक्षमा लागेकी थिइन । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कविहीन भएको सूचनापछि खोजी जारी रहेको बताए ।

उनले भने, ‘हामी खोजी जारी छ । सबै ठाउँमा सोधखोज गरिरहेका छौं ।’ अहिले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन् ।

ढेंगालाई सम्पर्क गर्दा उनको फोन उठेन । 

salt training

कमेन्ट गर्नुहोस्