
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन संसद बाहिर रहेका वामपन्थी दलको बैठक बसेको छ ।
कांग्रेस सरकार गठनपछिको अवस्था र जनसंघर्षका कार्यक्रमबारे छलफल गर्न मोर्चाको बैठक सोमवार काठमाडौंमा बसेको हो ।
बैठकमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव', नेकपाका अध्यक्ष ऋषि कट्टेल, वामपन्थी नेता विश्वभक्त दुवाल 'आहुती' लगायत नेताहरु सहभागी छन् ।
विप्लव नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएपछि संसद बाहिरका दलले वामपन्थी मोर्चा बनाएका थिए ।
वैज्ञानिक समाजवाद स्थापना गर्ने आफ्नो मागलाई लिएर विप्लवले हालैमात्र प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका नेताहरूसँग छलफल गरेका थिए ।