०३ साउन २०८३, आइतबार

प्रचण्डपत्नीको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

प्रचण्डपत्नीको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान खुमलटारस्थित पुष्पकमल दाहाल (प्रचण्ड)को निवास पुगेर दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

प्रचण्ड पत्नी दाहाल लामो समयदेखि पार्किन्सन्स नामको दुर्लभ रोगबाट पीडित छिन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले कांग्रेस नेता पौडेलले आज बिहान निवासमा पुगेर आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइन् ।

सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रचण्ड निवास खुमलटार पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्