
दुई वर्षअघि पूर्व पोर्न एक्ट्रेस मिया खलिफाले आफ्नो विवाहको खबर दिएकी थिइन् । जतिबेला उनका फ्यानहरू दंग परेका थिए । तर, अहिले मियाले पति रोबर्ट स्यान्डबर्गसँग अलग हुने घोषणा गरेकी छन् ।
उनले विवाहलाई अगाडि बढाउन एकदमै कोसिस गरे पनि त्यो हुन नसकेको सामाजिक सञ्जालमार्फत् जनाएकी छन् । उनले यो फैसला लिनुअघि आफूले थेरापी गरेको पनि बताएकी छन् ।
‘हामीले विवाहका लागि सबै गर्यौं तर, एक वर्षको थेरापी र प्रयासपछि हामीले यो फैसला गर्यौं कि हामी राम्रो साथी हौं र विवाहलाई जोगाउन वास्तवमै कोसिस गरेका थियौं । हामी सधैँ प्रेम र एकअर्कालाई सम्मान गर्नेछौं ।’
उनले अलग हुने घोषणा गर्दा आफूहरू दुवैलाई पछुतो नभएको बताएकी छन् ।