०२ असार २०८३, मंगलबार

८ अंकले घट्यो नेप्से, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

८ अंकले घट्यो नेप्से, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

सोमवार शेयर बजारमा ८ अंकको गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक ८.२४ अंकले घट्दा शेयर बजार ३०५०.४२ विन्दुमा झरेको छ । 

सेन्सेटिभ परिसूचक पनि यस दिन घटेको छ । परिसूचक २.९३ अंकले घट्दै ५७१.१० विन्दुमा झरेको छ । 

यस दिन कुल २ सय २३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता शेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । 

सोमवार ८ समूहको सूचक बढेको छ भने बाँकी ५ समूहतर्फ घटेको छ । जसमध्ये सबैभन्दा बढी फाइनान्स समूहतर्फ २.५७ प्रतिशतले बढेको छ भने बैंकिङ समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । 

नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । 

सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ । 

सोमवार ११ एनआइसी एसिया डिबेन्चर ०८२/८३ को मूल्य ७.२२ प्रतिशतले घटेको छ । यस्तै पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य ५.२० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोमवार सबैभन्दा बढी न्याग्दी ग्रुप पावर लिमिटेडको ३९ करोड ३० लाख ३७ हजार ८३२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

यस्तै हिमालयन डिस्टिलरी लिमिटेडको शेयर ३३ करोड ५६ लाख ५२ हजार ९०९ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्