
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताका विषयमा निर्वाचन आयोगले आजै निर्णय गर्ने सम्भावना बढेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपा आधिकारिकताको निर्णय आजै आउने बताए ।
आयोगले कार्यकारिणी सदस्यहरूको सनाखत लिएको थियो ।
योसँगै उपेन्द्र यादव पक्षले दलको आधिकारिकताको मान्यता पाउने सम्भावना बढेर गएको छ ।
उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।