×

NMB BANK
NIC ASIA

यी विशेषतासहित नेपाली बजारमा आयो बीएसभीआई टिभीएस एनटर्क १२५, कति पर्छ मूल्य ?

साउन ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले आज बीएसभीआई टिभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेक्शन(आरटीएफआई)लाई नेपालमा सार्वजनिक गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

कम्पनीले बीएसभीआई एफआई प्लेटफर्मको दुई संस्करणहरू विकसित गरेका छन्, अर्थात् आरटीएफआइ  र ईएफआई (इकोथस्र्ट फ्युल इन्जेक्सन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिंग सर्तहरूमा एक रमाइलो रेसिंग अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको हो । 


Advertisment
Nabil box
Kumari

टिभीएस एनटर्क नेपालकै सर्बाधिक बिक्री हुने १२५ सीसी प्रिमियम स्कुटरको रुपमा स्थापित भएको छ ।

Vianet communication
Laxmi Bank

टिभीएस एनटर्क १२५ स्कुटर उद्योगको कनेक्टिविटी, उर्जा, र शैलीको नयाँ युगमा शुरू भएको कम्पनीले जनाएको छ । बीएसभीआई  एडिसनले राम्रो प्रदर्शन र एक स्मुथ सवारी अनुभवको साथ यसलाई पुनः परिभाषित गर्ने कम्पनीको दावी छ ।

नयाँ एडिसनले स्कूटरको लागि ५.८.लिटरको फ्युल ट्यांक दिन्छ । 

अन्तर्राष्ट्रिय बिजिनेश, टिभीएस मोटर कम्पनीका अध्यक्ष आर दिलीपले भने, ‘टिभिएस एनटर्क १२५ ले जेनेरेशन जेडको लागि रोचक, शक्तिशाली, जोडिएको अनुभव सिर्जना गरेर नेपालमा स्कूटर उपभोक्ताहरूको अपेक्षालाई नयाँ परिभाषा दिएको छ । यो नेपालमा सबैभन्दा धेरै मन पराइएको र स्वीकृत स्कूटर ब्रान्डको रूपमा चिनिएको छ । बीएसभीआईमा ट्रानजिसनको साथ, हामीले यस अवसरमा दुई एफआई टेक्नोलोजी प्लेटफार्महरू परिचय गराउने अवसर लिएका छौं। टिभिएस एनटर्क १२५ एक मात्र यस्तो स्कूटर हो जुन आरटीएफआई प्लेटफर्मको साथ सुसज्जित रहेको छ । उत्कृष्ट प्रदर्शन र राम्रो वास्तविक थ्रोटलको पनि यसमा उपलब्ध छ ।
प्रमुख रुपमा रहेको सवारी अनुभव, जुन स्कूटरको रेसिंग विरासतको प्रमाण हो,यसले हाम्रा युवा ग्राहकहरूलाई बजारमा उत्साहित पार्नेछ ।’

जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने,‘आज टिभिएस एनटर्क १२५ बीएसभीआईलाई नेपालमा ल्याउन पाउँदा हामी निकै खुसी छौं । स्मार्ट स्कूटर आरटी–एफआई समावेशको साथ एक बेस्ट–इन–क्लास स्वामित्वको अनुभव सिर्जना गर्न डिजाइन गरिएको हो। यो लन्च टिभिएस एनटर्क १२५ को अनुभवमा निर्माण गरिएको हो  र हामी हाम्रा युवा ग्राहकहरूको लागि सुरु देखि अन्त सम्मको अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं ।’
टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो ।

स्कूटरले टिभिएस रेसिंग पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दावी छ ।

युान स्मार्टकनेक्ट प्रयोग गरिएको छ, जुन एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अनन्य टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्दछ । 

स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टे्रन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टि राइड स्टाटिस्टिक मोड जस्ता सुविधाहरूलाई समेटेको छ ।

यस लन्चको साथ, टिभिएस एनटर्क १२५पाँचभेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन –बीएसभीआई–एफआई) र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ। यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ। रेस एडिसन –बीएसभीआई–एफआई सहित) रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु,इन्भिन्सिबल रेडे र स्तिल्थ ब्ल्याक रंगमा –उपलब्ध छ ।

नेपाली बजारमा यसको शुरूवाती मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x