१८ असार २०८३, बिहीबार

यी विशेषतासहित नेपाली बजारमा आयो बीएसभीआई टिभीएस एनटर्क १२५, कति पर्छ मूल्य ?

यी विशेषतासहित नेपाली बजारमा आयो बीएसभीआई टिभीएस एनटर्क १२५, कति पर्छ मूल्य ?

विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले आज बीएसभीआई टिभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेक्शन(आरटीएफआई)लाई नेपालमा सार्वजनिक गरेको छ । 

कम्पनीले बीएसभीआई एफआई प्लेटफर्मको दुई संस्करणहरू विकसित गरेका छन्, अर्थात् आरटीएफआइ  र ईएफआई (इकोथस्र्ट फ्युल इन्जेक्सन । 

आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिंग सर्तहरूमा एक रमाइलो रेसिंग अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको हो । 

टिभीएस एनटर्क नेपालकै सर्बाधिक बिक्री हुने १२५ सीसी प्रिमियम स्कुटरको रुपमा स्थापित भएको छ ।

टिभीएस एनटर्क १२५ स्कुटर उद्योगको कनेक्टिविटी, उर्जा, र शैलीको नयाँ युगमा शुरू भएको कम्पनीले जनाएको छ । बीएसभीआई  एडिसनले राम्रो प्रदर्शन र एक स्मुथ सवारी अनुभवको साथ यसलाई पुनः परिभाषित गर्ने कम्पनीको दावी छ ।

नयाँ एडिसनले स्कूटरको लागि ५.८.लिटरको फ्युल ट्यांक दिन्छ । 

अन्तर्राष्ट्रिय बिजिनेश, टिभीएस मोटर कम्पनीका अध्यक्ष आर दिलीपले भने, ‘टिभिएस एनटर्क १२५ ले जेनेरेशन जेडको लागि रोचक, शक्तिशाली, जोडिएको अनुभव सिर्जना गरेर नेपालमा स्कूटर उपभोक्ताहरूको अपेक्षालाई नयाँ परिभाषा दिएको छ । यो नेपालमा सबैभन्दा धेरै मन पराइएको र स्वीकृत स्कूटर ब्रान्डको रूपमा चिनिएको छ । बीएसभीआईमा ट्रानजिसनको साथ, हामीले यस अवसरमा दुई एफआई टेक्नोलोजी प्लेटफार्महरू परिचय गराउने अवसर लिएका छौं। टिभिएस एनटर्क १२५ एक मात्र यस्तो स्कूटर हो जुन आरटीएफआई प्लेटफर्मको साथ सुसज्जित रहेको छ । उत्कृष्ट प्रदर्शन र राम्रो वास्तविक थ्रोटलको पनि यसमा उपलब्ध छ ।
प्रमुख रुपमा रहेको सवारी अनुभव, जुन स्कूटरको रेसिंग विरासतको प्रमाण हो,यसले हाम्रा युवा ग्राहकहरूलाई बजारमा उत्साहित पार्नेछ ।’

जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने,‘आज टिभिएस एनटर्क १२५ बीएसभीआईलाई नेपालमा ल्याउन पाउँदा हामी निकै खुसी छौं । स्मार्ट स्कूटर आरटी–एफआई समावेशको साथ एक बेस्ट–इन–क्लास स्वामित्वको अनुभव सिर्जना गर्न डिजाइन गरिएको हो। यो लन्च टिभिएस एनटर्क १२५ को अनुभवमा निर्माण गरिएको हो  र हामी हाम्रा युवा ग्राहकहरूको लागि सुरु देखि अन्त सम्मको अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं ।’
टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो ।

स्कूटरले टिभिएस रेसिंग पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दावी छ ।

युान स्मार्टकनेक्ट प्रयोग गरिएको छ, जुन एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अनन्य टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्दछ । 

स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टे्रन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टि राइड स्टाटिस्टिक मोड जस्ता सुविधाहरूलाई समेटेको छ ।

यस लन्चको साथ, टिभिएस एनटर्क १२५पाँचभेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन –बीएसभीआई–एफआई) र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ। यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ। रेस एडिसन –बीएसभीआई–एफआई सहित) रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु,इन्भिन्सिबल रेडे र स्तिल्थ ब्ल्याक रंगमा –उपलब्ध छ ।

नेपाली बजारमा यसको शुरूवाती मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्