३२ असार २०८३, बिहीबार

सम्मानजनक ढंगले पार्टी एकताको पक्षमा जोड दिने माधव पक्षको निष्कर्ष

सम्मानजनक ढंगले पार्टी एकताको पक्षमा जोड दिने माधव पक्षको निष्कर्ष

नेकपा एमालेको माधव पक्षीय स्थायी कमिटीको बैठकले सम्मानजनक एकताको पक्षमा जोड दिने निष्कर्ष निकालेको छ । 

बैठकमा स्थायी कमिटी सदस्यहरूले पार्टी एकताका विषयमा आ–आफ्नो विचार राखेको नेता रघुजी पन्तले जानकारी दिए । 

‘सम्मानजनक ढंगले पार्टी एकताका पक्षमा जोड दिने विषयमा छलफल भयो,’ उनले भने । 

यस्तै १० बुँदे सहमतिलाई थप स्पष्ट पार्नका लागि विघटित कार्यदलकै सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए ।

पार्टी एकतालाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा सबै नेताहरूले सुझाव दिएको उनले बताए ।  

यसअघि आइतवार पनि बैठक बसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्