
फुटबल खेल्नेक्रममा एक आपसमा बिबाद हुँदा एक किशोरको छुरा प्रहार बाट ज्यान गएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा फुटबल खेल्ने क्रममा बिबाद हुँदा उर्लाबारी–८ का १७ वर्षे अभिषेक चौधरीको छुरा प्रहार बाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार दिउँसो फुटबल खेल्नेक्रममा बिबाद भएपछि भएको थियो । त्यहि बिषयलाई लिएर सोमवार छ सात जनाको समुहमा आएको युवाहरूले प्रहार गरेको छुरा बाट घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका थिए ।
छ सात जनाको समुहमा आएका युवाहरूले चौधरीमा माथि छुरा प्रहार गरेका थिए ।
घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनामा संलग्न भएको आशंकामा तिन जनता युवालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अरु युवाहरू फरार रहेका कारण खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।