१० असार २०८३, बुधबार

जनतालाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको योजना

जनतालाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको योजना

सरकारले गरिबीका रेखामुनि रहेका नागरिकलाई विशेष सहुलियत दिने गरी कार्यक्रमको तर्जुमा गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई बिजुली उपभोगमा  विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरिएको जानकारी दिइन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने योजनामा सरकार रहेको बताइन् । गरिबीको रेखामुनि रहेका नेपाली १५  प्रतिशतको हाराहारीमा रहेको सरकारी अनुमान थियो । कोरोनाका कारण झण्डै चारदेखि पाँच प्रतिशतको वृद्धि भएको अपरिस्कृत तथ्याङ्क सार्वजनिक भएको छ ।

    सामाजिक न्यायमा आधारित आर्थिक विकासमा अगाडि बढ्नका लागि ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले भनिन्, “ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चापदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ ।”

नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउने विषयलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा उनले जोड दिइन् ।

    मन्त्री भुसालले विद्युत्को दरमा पुनर्विचार गर्ने नीति तय गर्ने सोचमा मन्त्रालय रहेको जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्