२८ जेठ २०८३, बिहीबार

रवीन्द्र मिश्रलाई बाबुरामको जवाफ–गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन्

रवीन्द्र मिश्रलाई बाबुरामको जवाफ–गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन्

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गणतन्त्र विरुद्ध अभिव्यक्ति दिनेलाई ‘राजतन्त्रका भूत’ को संज्ञा दिएका छन् । उनले त्यस्ता शक्तिसँग वैकल्पिक राजनीतिको सपना बोकेका युवाहरु भने सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र विरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन’, भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून् ।’
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मबारे जनमत संग्रहको प्रस्ताव गरेपछि बाबुरामले जवाफमा यस्तो बताएका हुन् ।

उनले झिंगाको सरापले डिंगा मर्दैन तर्क गर्दै कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुन जरुरी नभएको पनि बताएका छन् ।

‘झिंगाको सरापले डिंगा मर्दैन, कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनुपर्दैन’, भट्टराईको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्