अश्लील चलचित्र बनाएको आरोपमा थुनामा रहेका राज कुन्द्राको विषयमा हरेक दिन नयाँ–नयाँ खुलासा भइरहेको छ ।
यसैक्रममा समाचार एजेन्सी एएनआईका अनुसार राजलाई गत मार्चमा नै आफू फस्छु भन्ने डर थियो । त्यसैले उनले आफ्नो फोन फालिदिएका थिए ।
समाचार अनुसार मार्चमा जब यस मुद्दामा संलग्न भनिएका ९ जनालाई प्रहरीले पक्राउ गरेका थियो । त्यतिबेला नै उनले आफ्नो फोन परिवर्तन गरेका थिए ।
प्रहरीले डाटा रिकभर गर्न नसकोस् भनेर उनले फोन फालेको बताइएको छ । अनुसन्धानका क्रममा प्रहरीले पुरानो फोनको बारेमा सोधेका थिए, तब राजले आफूले फोन फालेको बताएका थिए ।
आज फेरि राजको मुद्दामा सुनुवाइ हुँदैछ । राजलाई १९ जुलाईमा पक्राउ गरिएको थियो । २३ जुलाईमा उनलाई थुनामा पठाइएको थियो ।