आणविक ऊर्जाको क्षेत्रमा चीनले गर्‍यो चमत्कार

आणविक ऊर्जाको क्षेत्रमा चीनले उल्लेख्य सफलता प्राप्त गरेको छ । 


Advertisement

यस सफलताले चीनलाई वैकल्पिक ऊर्जाको क्षेत्रमा विश्वमै अग्रणी मुलुक बनाउने दिशामा थप योगदान गरेको छ ।


Advertisement

चीनको गान्सुमा रहेको दुई मेगावाटको थोरियम मोल्टन सल्ट रियाक्टरको प्रयोग अन्तिम चरणमा पुगेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् । 

थोरियम रियाक्टर बनाउने योजना सन् १९४० को दशकमे बनेको हो तर चिनियाँ वैज्ञानिकहरूले अहिले आएर यसको प्रोटोटाइप बनाउन सकेको विश्वास गरेका छन् । 


Advertisement

सामान्यतया, आणविक रियाक्टरमा युरेनियम उपयोग गर्ने गरिन्छ ।

तर प्रकृतिमा युरेनियमभन्दा थोरियम बढी पाइन्छ । आफ्नो प्राकृतिक अवस्थितिमा थोरियम ऊर्वर पदार्थ हो, विखण्डनीय पदार्थ हैन । 

त्यसको अर्थ थोरियम स्थिर हुन्छ तर यसलाई उच्च ऊर्जा भएका न्युट्रनले प्रहार गरेमा फिसनमार्फत शक्ति उत्पन्न गराउन सकिन्छ । 

थोरियमलाई फिसन रियाक्सनका लागि इन्धनका रूपमा उपयोग गर्नका लागि एउटा बाधा छ । थोरियमको सम्भाव्य ऊर्जालाई बाहिर निकाल्नका लागि कसरी द्रुत गतिका न्युट्रन उत्पन्न तथा नियन्त्रण गर्ने भन्ने समस्या हो । 

यस्तो अवस्थामा रियाक्टरको मोल्टन सल्टको भूमिका रहन्छ । 

तर यसमा विभिन्न समस्या छन् । द्रुत गतिका न्युट्रन रियाक्टर डिजाइन गर्न गाह्रो छ । तरल सोडियमले जे कुरालाई छुँदा पनि पोल्छ वा विस्फोट गर्छ । मोल्टन सल्टले धातुको पाइप पनि खाइदिन्छ । 

त्यसैले थोरियम इन्धन चक्रमा भयंकर प्रवर्धन गरिएको युरेनियम आवश्यक पर्छ । चीनले यस समस्याको समाधान निकाल्न सकेको छैन । 

अनि यसलाई आणविक हतियार बनाइने जोखिम पनि छ । 

तर यो प्रायोगिक रियाक्टर शुरू गर्नु नै आफैंमा ठूलो उपलब्धि हो । सन् २०३० सम्म चीनले १०० मेगावाटमा स्तरोन्नति गर्ने गरी रियाक्टर बनाउन खोज्दैछ । 

सन् २०३० देखि २०६० का बीच चिनियाँ आणविक ऊर्जाप्रणालीले अर्को पुस्ताको रियाक्टर उपयोग गर्न थाल्नेछ । यो भनेको परम्परागत आणविक भट्टी जस्तो वातावरण प्रतिकूल नभई वातावरणमैत्री सफा रियाक्टर निर्माण हो । 

चीनले सन् २०६० सम्म कार्बन न्युट्रालिटीको लक्ष्य हासिल गर्ने हो भने कम्तीमा पाँचगुणा वृद्धि गर्नुपर्ने हुन्छ । 

त्यसका लागि चौथो पुस्ताको रियाक्टरमा थोरियम उपयोग गर्नुपर्ने हुन्छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्